2 years ago
December 14, 2022
एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल नै आफ्नो अन्तिम विश्वकप खेल हुने बताएका छन् ।
मंगलबार राति साविकको उपविजेता क्रोएसियालाई ३–० ले पराजित गरेसँगै मेस्सीले फाइनल खेल नै आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका हुन् । अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको मेस्सीले उल्लेख गरेका छन् ।
३५ वर्षीय मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । उक्त खेलमा मेस्सीले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट प्रदान गरेका थिए । मेस्सीले यस विश्वकपमा ५ खेलमा ५ गोल र ३ असिस्ट प्रदान गरेका छन् । उनी गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एमबाप्पेसँग संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् ।
‘म यो फाइनल खेलेर मेरो विश्वकप यात्रा समाप्त गर्न सक्षम भएकोमा गर्व गर्दछु । मैले के गरिरहेको छु भने, आइतबार मेरो खेल हुनेछ । विश्वकपमा अन्तिम खेल नै हुनेछ । म २०२६ लाई कुर्न सक्दिन । त्यसैले म आशा गर्छु कि म उत्कृष्ट तरिकाले समाप्त गर्न सक्छु ।’ मेस्सीले भने, ‘आफ्नो टोलीले ‘धेरै राम्रो खेलिरहेको छ । निक्कै राम्रो भइरहेको छ । बलियो र धेरै रमाइलो महसुस भइरहेको छ ।’
अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि जित्न सकेको छैन । २०१४ मा उपाधिनजिक पुगेपनि टोली जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । बुधबार राती हुने मोरक्को र फ्रान्सको विजेतासँग अर्जेन्टिनाले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]