2 years ago
December 13, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । सेमिफाइनलको अघिल्लो दिन ब्राजिलका दिग्गज फरवार्ड रोनाल्डोले आफूले अर्जेन्टिना जितोस् भन्ने नचाहेको बताए ।
जारी प्रतियोगितामा लिओनेल मेस्सी र अर्जेन्टिनालाई उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ । यसबारे प्रश्न गर्दा रोनाल्डोले स्पेनिस पत्रिका मार्सासँग यसो भने, ‘म पूरै ब्राजिलले के सोच्छ भन्न सक्दिन, तर म आफ्नो धारणा भन्न सक्छु ।’
‘म पक्का यस्तै हुन्छ भन्न त सक्दिन । यदि अर्जेन्टिना जित्छ भने म मेस्सीको लागि खुसी हुन्छु । तर तपाईलाई ब्राजिल र अर्जेन्टिनाबीच लामो समयदेखि प्रतिस्पर्धा रहेको थाहा नै छ । त्यसैले अर्जेन्टिना जित्दा खुसी हुन्छु भन्न सक्दिन । अर्जेन्टिनाले जितोस् भन्ने चाहन्न ।’
‘तर फुटबल मेरो लागि प्रेम हो । म जुनुसुकै टोलीले जितेपनि रमाउनेछु ।’
विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल एक आपसमा भिड्ने आँकलन गरिएको थियो । तर क्रोएसियाले ब्राजिललाई टाइब्रेकरमा पराजित गरेपछि उक्त खेल हुन सकेन । आजको खेलमा क्रोएसिया र अर्जेन्टिनाको विजेताले फाइनलमा फ्रान्स र मोरक्कोबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]