default_image

2 years ago

December 13, 2022

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

283 views

0 Bookmark

एजेन्सी – टाइब्रेकरमा उस्तै सनसनीपूर्ण जित । त्यही जित हात पारेको दुई पटकको च्याम्पियन अर्जेन्टिना र साविकको उपविजेता क्रोएसियाले मंगलबार राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ ।

यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएपछि मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाएर सेमिफाइनमा स्थान बनाएको छ ।

यता, समूह चरणमा मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले त्यसपछि क्यानडा, जापान र ब्राजिललाई हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

क्रोएसिया लगातार दोस्रोपटक फाइनल पुग्ने दाउँमा रहँदा अर्जेन्टिना पनि ८ वर्षपछि फाइनल पुग्ने लक्ष्यमा हुनेछ । यसअघिको दुई संस्करणमा दुवै टोली फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेको छैन ।

२०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो । त्यसअघि ब्राजिलमा २०१४ मा भएको विश्वकपमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो ।

मिडफिल्डको मास्टर तथा कप्तान लुका मोड्रिच प्रेरित क्रोएसिया अर्जेन्टिनालाई स्तब्ध पार्दै लगातार दोस्रोपटक फाइनल पुग्न चहान्छ । बढ्दो उमेरको बावजुत उनी जुनसुकै बेला पनि खेल परिवर्तन गर्न सक्ने क्षमता राख्दछन् । आक्रमणमा केही कमजोर देखिएको क्रोएसियाको सबैभन्दा बलियो पक्ष टिम गेमसँगै मिडफिल्ड, डिफेन्स र गोलरक्षक नै हो ।

डिनामो जाग्रिवबाट खेलिरहेका २७ वर्षीय गोलरक्षक डोमिनिक लिभाकोभिचले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । बलियो अग्रपङ्ति रहेको अर्जेन्टिनालाई यिनै गोलरक्षक बाधक बन्न सक्छन् । उनले ब्राजिलविरुद्धको क्वाटरफाइनलमा सम्भावित आधा दर्जन गोल निस्तेज पारेका थिए ।

ब्रुनो पेटकोभिच, माटियो कोभासिच, इभान पेरिसिच, एन्डरेज क्रामारिच, मार्सेलो ब्रोजोभिच, सोसा, लोभरेन, जिभारडिओ र जुरानोभिचले साथ दिनेछन् । क्रोएसियालाई चोट र प्रतिबन्धको समस्या छैन । क्वाटरफाइनलमा बलियो ब्राजिललाई टाइब्रेकरमा पन्छाएको कारण पनि क्रोएसियाको मनोबल उच्च छ ।

यता, सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका कप्तान लियोनेल मेस्सी आफ्नो टोलीलाई फाइनलमा पु¥याउँदै उपाधि जित्ने सम्भावना बलियो पार्न चहान्छ । त्यसका लागि अर्जेन्टिनाले ८ वर्षपछि फाइनल पुग्न क्रोएसियाको बलियो चुनौती तोड्नुपर्ने हुन्छ । सात पटकको बालोन डि ओर जितेका अर्जेन्टिनाका लागि मेस्सी नै मुख्य हतियार हुनेछन् । पाँच खेलमा ४ गोल र २ असिस्ट दिएका उनी गोल्डेन बुटको दौडमा समेत छ ।

मेस्सीलाई जुलियन अल्भारेज, एन्जल डि मारिया, रोड्रिगो डि पउल, मार्क एलिस्टर, इन्जो फर्नान्डेस, लियान्द्रो पारेडेस, नाहुइल मोलिना, निकोलस ओटा मेन्डीले साथ दिनेछन् । गोलरक्षक इमिलियानो मार्टिनेजले यस विश्वकपमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् । प्रतिबन्धका कारण मार्कस एकुना र गोन्जालो मोन्टिएलले क्रोएसियाविरुद्धको खेल गुमाउनेछ ।

खेल पेनाल्टीमा लम्बिएको अवस्थामा त्यसमा अर्जेन्टिनाभन्दा क्रोएसिया केही भाग्यशाली सावित छ । क्रोएसियाले मुख्य प्रतियोगितामा पछिल्ला ९ मध्ये ८ खेल अतिरिक्त समयसम्म खेल्दै खेल आफ्नो पक्षमा पारेको छ ।

यसमा २००८ को युरोमा टर्की, २०१६ को युरोमा पोर्चुगल, २०१८ को विश्वकपमा डेनमार्क, २०१८ को विश्वकपमै रसिया, २०१८ को विश्वकपमै इंग्ल्यान्ड, २०२० को युरोमा स्पेन, २०२२ को विश्वकपमा जापान र यसमै ब्राजिलविरुद्धको खेल अतिरिक्त र टाइब्रेकरमा लम्बिएको हो । फ्रान्सले मात्रै क्रोएसियालाई ९० मिनेटभित्र हराएको छ । जुन २०१८ को विश्वकपको फाइनल हो ।

यि दुई टोली हालसम्म ५ पटक भिडेका छन् । दुवै टोलीले समान २ जित र १ बराबरीको नतिजा छ । तीन खेल मैत्रीपूर्णमा रहँदा दुई खेल विश्वकपमा छ । विश्वकपमा यि दुई टोलीको यो तेस्रो भेट हुनेछ । सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले १–० को जित निकालेको थियो ।

यि दुई टोलीले पछिल्लोपटक २०१८ को विश्वकपमा समूह चरणमा प्रतिस्पर्धा गरेका थिए। जसमा क्रोएसियाले ३–० को सानदार जित निकालेको थियो । त्यसबेला गोल गरेका लुका मोड्रिच मात्रै अहिले क्रोएसियाको टोलीमा छन् । एन्टी रेविच र इभान राकिटिच टोलीमा छैनन् । क्रोएसिया सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा अर्जेन्टिना उक्त हारको बदला लिने योजनामा हुनेछन् ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.