default_image

2 years ago

December 12, 2022

विश्वकपमा यस्तो छ पहेंलो कार्डको नियम

289 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा दुई फरक खेलमा पहेंलो कार्ड पाएकै कारण सेमिफाइनलमा अर्जेन्टिनाका दुई डिफेन्डर उपलब्ध छैनन् । यसअघि पनि प्रतियोगितामा केहि खेलाडी दुई कार्ड पाएपछि अर्को खेलमा खेल्न पाएका थिएनन् ।

विश्वकपमा दोस्रो पहेंलो कार्डका कारण खेल्न नपाउँदा टोलीलाई निकै घाटा भएको उदाहरण पनि छ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७-१ ले पराजित हुन पुग्यो । उक्त खेलमा ब्राजिलका मुख्य डिफेन्डर थियागो सिल्भा दोहोरो पहेंलो कार्डकै कारण टोलीमा थिएनन् । त्यस्तै सन् २०१० मा थोमस मुलरले पनि जर्मनीका लागि स्पेनविरुद्ध सेमिफाइनल खेल गुमाएका थिए ।

फिफाको नियम अनुसार कुनैपनि खेलाडीले दोस्रो पहेंलो कार्ड प्राप्त गरेपछि त्यसपछिको एक खेलका लागि निलम्बित हुनेछ । रातो कार्ड प्राप्त गरेको हकमा पनि यहि नियम छ । यदि सिधै रातो कार्ड प्रप्त गरेको छ भने फलको प्रकृति अनुसार थप कारवाही पनि हुन सक्छ ।

निलम्बनमा पर्नका लागि प्रतियोगिताको लगातार खेलमा पहेंलो कार्ड खाएको हुनुपर्छ भन्ने छैन । समूह चरणमा पहेंलो कार्ड खाएर क्वाटरफाइनलमा अर्को कार्ड खाएपनि सेमिफाइनल खेल्न नपाउने नियम रहेको छ । तर सेमिफाइनलमा पुगेपछि भने कार्डको गणना हुने छैन ।

यसको मतलब, क्वाटरफाइनलसम्म निलम्बनमा नपरेका खेलाडीले सेमिफाइनलमा पहेंलो कार्ड खाए फाइनल खेल्न नपाउने हुँदैन । क्वाटरफाइनलमा पहेंलो कार्ड प्राप्त गरेको खेलाडीले सेमिफाइनलमा पहेंलो कार्ड पाएपनि फाइनल खेल्न पाउनेछन् । तर रातो कार्ड खाएको अवस्थामा भने फाइनल गुमाउनुपर्नेछ ।

अर्जेन्टिनाका दुई डिफेन्डर मार्कस अकुना र माहेल मोलिनाले सेमिफाइनल खेल गुमाउँदै छन् । नेदरल्यान्ड्सविरुद्ध दुवैले पहेंलो कार्ड प्राप्त गरेपछि क्रोएसियाविरुद्ध नखेल्ने भएका हुन् । त्यस्तै मोरक्कोका वालिद चेदिराले फ्रान्सविरुद्ध सेमिफाइनल गुमाउने छन् ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.