default_image

2 years ago

December 12, 2022

रेफ्री लाहोज घर फर्किए

257 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच विवादास्पद क्वाटरफाइनलमा मुख्य्य रेफ्रीको जिम्मेवारी निर्वाह गरेका स्पेनिस रेफ्री माटेउ लाहोज घर फर्किएका छन् ।

फिफाले विश्वकपको बाँकी खेलमा उनलाई कुनै खेलको जिम्मेवारी नदिने भएसँगै लाहोज स्पेन फर्किएका हुन् । क्वाटरफाइनलमा पहेंलो कार्डको वर्षा गरेपछि उनको निकै आलोचना भएको थियो । उनले खेल अवधिभर १७ पहेंलो कार्ड देखाएका थिए । नेदरल्यान्ड्स र अर्जेन्टिना दुवै टोलीका खेलाडी र प्रशिक्षकले उनको बारेमा नकारात्मक टिप्पणी गरेका थिए ।

अर्जेन्टिनी कप्तान मेस्सीले त लाहोजको नियुक्तिबारे नै फिफाले पुन: सोच्नुपर्ने बताएका थिए । ‘मलाई लाग्छ फिफाले यसबारे सोच्नुपर्छ । विश्वकपजस्तो प्रतियोगिताको महत्त्वपूर्ण खेलमा यो किसिमको रेफ्री राम्रो थिएन । आशा छ फिफाले यसबारे आवश्यक कारवाही गर्नेछ,’ मेस्सीले भनेका थिए ।

अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्दैछ । उक्त खेलका लागि फिफाले इटालियन रेफ्रीको टोली नियुक्त गरिसकेको छ । इटालीका ड्यानीएल ओर्साटो खेलको मुख्य रेफ्री रहनेछन् ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.