2 years ago
December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतारमा विश्वकप फुटबल चलिरहँदा नेपालमा पनि फुटबलले माहोल तातेको छ । यसबीचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि सोमबार विहान दशरथ रंगशालामा खेलाडीको रुपमा देखिए ।
महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा मेयर शाह मैदान उत्रिएका थिए । खेलमा मेयर-११ भने सीइओ-११सँग ६-१ ले पराजित हुन पुग्यो । मेयर शाहले खेलमा केहि समय मैदानमा बिताएका थिए । एक घण्टा चलेको खेलमा महानगर अन्तर्गत विभिन्न वडाका प्रतिनिधि तथा कर्मचारीले प्रतिस्पर्धा गरेका थिए ।
खेलका केहि तस्विर:
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]