default_image

2 years ago

December 11, 2022

पोर्चुगल प्रशिक्षक सान्तोसले पद नछाड्ने

220 views

0 Bookmark

एजेन्सी – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले फिफा विश्वकप २०२२ को क्वाटरफाइनलबाट बाहिरीएपनि पद नछाड्ने बताएका छन् ।

सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए । शनिबार मोरक्कोसँग हारपछि बोल्दा प्रशिक्षक सान्तोसले अहिले नै पद छोड्नेबारे कुनै निर्णय नलिएको पनि प्रष्ट पारे ।

‘मेरो सम्झौताको बारेमा अहिले केहि भन्ने अवस्था छैन । अब स्वदेश फर्केर फुटबल संघको अध्यक्षसँग छलफल गरेर उचित निर्णय लिनेछौं । हामीले सन् २०१४ यता पटक पटक छलफल गरेका छौं र राजीनामा दिने भन्ने शब्द कहिले पनि निस्केको छैन,’ उनले थपे ।

सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि भएको बताए । यस्तै उनले रोनाल्डोलाई सुरुवात नगर्ने निर्णय गलत नभएको पनि दावी गरे । उनले पाएको अवसर सदुपयोग नहुनु र भाग्य आफ्नो पक्षमा नहुनु हारको कारण रहेको बताए ।

‘खेलाडीहरु निकै दुखित छन् । नतिजाले गर्दा निराश छन् । म सम्पूर्ण पोर्चुगल समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु । र यो पनि भन्न चाहन्छु कि हामी वहाँहरुभन्दा निराश छौं । हाम्रो टोली निकै राम्रो थियो । उत्कृष्ट खेलाडीको सम्मिश्रणले बनेको टोलीबाट पक्कै बढी अपेक्षा थियो । तर आज यो हारले निकै दुख लागेको छ ।’

‘हामीलाई थाहा थियो खेल कठिन हुनेछ । तर हामीले फिनिस गर्न सकेनौं । हामीले खेलको सुरुवातमा आवश्यकताभन्दा बढी बल चलाएर सफल हुन सकेनौं । हामीले मोरक्कोको डिफेन्सलाई पनि बधाई दिनुपर्छ, उनीहरुले आफ्नो रणनीति पूर्ण प्रयोग गर्न सके ।’

‘हामीलाई थाहा थियो खेल कठिन हुनेछ । तर हामीले फिनिस गर्न सकेनौं । हामीले खेलको सुरुवातमा आवश्यकताभन्दा बढी बल चलाएर सफल हुन सकेनौं । हामीले मोरक्कोको डिफेन्सलाई पनि बधाई दिनुपर्छ, उनीहरुले आफ्नो रणनीति पूर्ण प्रयोग गर्न सके ।’

‘हामीले अवसर पनि पाएका थियौं । ब्रुनोको प्रहार क्रसबारमा लाग्नु दुर्भाग्य थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन थियो । मोरक्कोको डिफेन्स लाइन ४-५ पटक बिट गरेपनि गोल गर्न सकेनौं । फुटबलमा भाग्यको पनि जरुरत हुन्छ र त्यो आज हामीसँग थिएन । पछिल्लो खेलमा ६ गोल भएको थियो भने आज हाम्रो कुनै प्रयास सफल हुन सकेन ।’

‘हामीले फाइनल पुग्ने मात्र होइन, फाइनल जित्ने पनि लक्ष्य राखेका थियौं । तर अफसोस त्यो हुन सकेन ।’

रोनाल्डो टोलीमा नराख्दा र उनीसँग मिडियामा जोडिएको चर्चाका कारण टोलीलाई कुनै असर नगरेको सान्तोसले बताए । ‘रोनाल्डोको कारण खेलमा कुनै नराम्रो प्रभाव परेको छैन । हामी एकतृत भएर नै अघि बढेका छौं । आजको हारले सबैभन्दा बढी असर गरेको रोनाल्डो र मलाई नै होला । हामी दुई नै सबैभन्दा बढी दुखि छौं । त्यसैले पनि उनले आफ्नो भावना रोक्न सकेनन् ।’

‘मलाई लाग्दैन आज रोनाल्डो नखेलाएर हामीले गल्ती गर्यौं । मलाई उक्त निर्णयमा कुनै दुख छैन । हामीले खेलको स्थिति हेरेर नै यो निर्णय लिएका हौं । जसरि स्विटजरल्यान्ड विरुद्ध रणनीति सफल देखिएको थियो, आज गोल निस्कन सकेन । मलाई लाग्दैन हाम्रो निर्णय गलत थियो ।’

यो पनि : रोनाल्डो रुँदै विश्वकपबाट बिदा भए

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.