2 years ago
December 11, 2022
एजेन्सी – नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनासँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक गालले पद त्यागको घोषणा गरेका हुन् ।
तेस्रो पटक नेदरल्यान्ड्सको जिम्मेवारी सम्हालेका भान गालले टोलीलाई क्वाटरफाइनलभन्दा अघि बढाउन सकेन । भान गालले पछिल्लोपटक ४ अगस्ट २०२१ मा टोलीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा नेदरल्यान्ड्सले २० खेल खेल्दा १४ जित र ६ बराबरीको नतिजा निकालेको छ ।
आफ्नो पद त्याग्दै ७१ वर्षीय भान गालले डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै उनले खेलाडीप्रति गर्व गरेका छन् । प्रशिक्षक गालले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको र उनीहरूसँग आफूले गर्विलो क्षण बिताएको बताएका छन् ।
भान गालले पहिलोपटक सन् २००० मा नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक बनेका थिए । त्यसबेला उनले ३० नोभेम्वर २००१ सम्म टोलीको प्रशिक्षण सम्हाल्दा १५ खेलमा ९ जित, ४ बराबरी र २ हारको नतिजा निकालेको थियो ।
भान गालले दोस्रोपटक २०१२ देखि २०१४ सम्म डच टोलीको प्रशिक्षण सम्हालेका थिए । त्यसबेला २९ खेलमा १८ जित, ९ बराबरी र २ हारको नतिजा निकालेको थियो । त्यसबेला पनि नेदरल्यान्ड्स २०१४ को विश्वकपमा अर्जेन्टिनासँग नै टाइब्रेकरमा पराजित भएको थियो । भान गालले क्लब फुटबलमा आयाक्स, बार्सिलोना, एजेट, बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हालिसकेका छन् ।
रोमञ्चक र तनावपूर्ण बनेको खेलमा निर्धारित समयमा २–२ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा लम्बिदा अर्जेन्टिना ४–३ ले विजयी हुन सफल भयो ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]