2 years ago
December 10, 2022
एजेन्सी – साविक विजेता फ्रान्सले आज राति क्वाटरफाइनलमा इंग्ल्यान्डसँग खेल्दैछ । यो खेल अल बायट स्टेडियममा राति १२ः४५ बजेपछि हुनेछ ।
फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहनेछ । गोल्डेन बुटको दौडमा सबैभन्दा अघि रहेका उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । विश्व च्याम्पियन फ्रान्सले उनै एमबाप्पेको दुई गोल सहयोगमा पोल्याण्डलाई ३–१ ले हराएर उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।
एमबाप्पेले यस विश्वकपमा ५ गोल गरिसकेका छन् । ओलिभर जिरुड ५२ गोलसहित फ्रान्सको सर्वाधिक गोलकर्ता बनिसकेका छन् । एमबाप्पेकै सहयोगमा ३६ वर्षीय जिरुडले गोल गर्दै थिएरी हेनरीलाई उछिनेका छन् । उनले यो संख्या अझै पनि बढाउन सक्छन् । डिडियर डेसच्याम्प्सको टोलीले आफ्नो अन्तिम १० नकआउटका १० मध्ये ८ खेलमा विजयी भएको छ ।
इंग्ल्याण्डले अन्तिम आठमा पुग्दा सेनेगललाई ३–० ले पराजित गरेको थियो । युवा प्रतिभा जुड बेलिङघमले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । यसबाहेक टोलीसँग ह्यारी केन, बुकायो साका र मार्कस रासफर्ड पनि टोलीमा छन् ।
सन् १९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ मा क्वाटरफाइनलबाट बाहिरिएको इङ्ल्यान्डका लागि यो चरणबाट बाहिरिनु सामान्य जस्तै बन्दा यसपटक त्यो चरण पार गर्ने लक्ष्यमा हुनेछ इंग्ल्यान्ड पछिल्ला आठमध्ये ६ पटक क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
इंग्ल्यान्ड पछिल्लो तीन खेलमा एक गोल पनि नखाएको स्थितिमा छ । प्रशिक्षक ग्यारेथ साउथगेट टोलीलाई सेमिफाइनलमा पु¥याउने प्रशिक्षक बन्न सक्छन् । तर यसका लागि इंग्ल्यान्डको फ्रान्सको बलियो चुनौती पन्छाउनु पर्नेछ । कप्तान ह्यारी केनले ५२औं अन्तर्राष्ट्रिय गोल गर्दै इङ्ल्यान्डको कीर्तिमान नजिक पुगेको छ ।
विश्वकपमा यि दुई टोली दुई पटक भेट भएको छ । १९६६ मा इंग्ल्यान्डले समुह चरणमा २–० ले तथा १९८२ मा पनि समूह चरणमा ३–१ को जित निकालेको थियो । इंग्ल्यान्ड केवल त्यही नतिजा दोहो¥याउँदै विश्व च्याम्पियन स्तब्ध पार्न चहान्छ ।
यि दुई टोली हालसम्म ३१ पटक खेलेका छन् । इंग्ल्यान्ड १७ खेलमा विजयी भएको छ । ५ खेल बराबरीमा सकिदा ९ खेल फ्रान्सले जितेको छ । यि दुई टोलीले पछिल्लोपटक सन् २०१७ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा फ्रान्स ३–२ ले विजयी भएको थियो ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]