default_image

2 years ago

December 10, 2022

गोलरक्षक नोएरको खुट्टा भाँचियो

360 views

0 Bookmark

एजेन्सी – जर्मन गोलरक्षक म्यानुएल नोएरको फिफा विश्वकप कतार २०२२ बाट बाहिरीएपछि छुट्टि मनाउने क्रममा खुट्टा भाँचिएको छ ।

जर्मन राष्ट्रिय टोली तथा बायर्न म्युनिखका कप्तान समेत रहेका उनको स्की खेल्ने क्रममा खुट्टा भाँचिएको युरोपेली संचारमाध्यमले जनाएका छन् । उनको खुट्टाको शल्यक्रिया समेत भएको र उनले अब यस सिजन खेल्ने सम्भावना निकै न्यून रहेको बुझिएको छ । उनको खुट्टाको तल्लो भाग भाँचिएर गम्भीर शल्यक्रिया गर्नुपरेको बताइएको छ ।

बायर्न म्युनिखका लागि मुख्य गोलरक्षकको रुपमा खेल्दै आएका उनले अब च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन् । च्याम्पियन्स लिगको नकआउट चरणमा बायर्नले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग खेल्ने तालिका रहेको छ । पिएसजी र बायर्नबीच पहिलो लेग फेब्रुअरी १५ र दोस्रो लेग मार्च ९ मा हुने तालिका छ ।

यता जर्मन बुन्डेसलिगामा भने बायर्न ४ अंक अग्रतासहित शीर्षस्थानमा रहेको छ । टोलीको १५ खेलमा ३४ अंक छ ।

नोएरको अनुपस्थितिमा अब बायर्नको गोलरक्षकमा स्वेन उल्रीचले खेल्ने सम्भावना छ । जनवरी ट्रान्सफर विन्डोमा बायर्नले अर्का गोलरक्षक भित्र्याउने सम्भावना पनि रहनेछ ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.