default_image

2 years ago

December 10, 2022

मेस्सीले भने – ‘म्याराडोनाले स्वर्गबाट हेरिरहेका छन्’

183 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेसँगै आफ्नो टोलीलाई पूर्व कप्तान डिएगो म्याराडोनाले स्वर्गबाट हेरिरहेको अभिव्यक्ति दिएका छन् ।

शुक्रबार सम्पन्न क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एक समय खेलमा २-० ले अघि बढेको अर्जेन्टिनाले अन्त्यतिर लगातार दुई गोल खाएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरसम्म पुगेको थियो ।

कप्तान मेस्सीले डच टोलीविरुद्ध खेल निकै कठिन भएको बताए । ‘खेल निकै कठिन थियो । खेलको सुरुवातदेखि नै हामीलाई गाह्रो थियो । हामीले जुन परिस्थितिको सामना गर्नुपर्यो, त्यो अवस्था आउनुपर्ने नै थिएन । हामी दुई गोलले अघि थियौं । तर डच टोलीले रणनीति बदलेर हामीलाई लगातार दबाबमा राख्यो,’ उनले भने ।

‘दोस्रो हाफमा नेदरल्यान्ड्सले लामो पास खेल्दै हाम्रो पेनाल्टी क्षेत्रमा धेरै खेलाडी राखेर खेलमा फर्कन सफल भयो । उनीहरुले खेल बराबर गरेपछि हामीलाई निकै कठिनाई सामना गर्नुपर्यो । तर अन्त्यमा हामी सेमिफाइनलमा पुग्न सक्यौं ।’

‘जब लौटारोले अन्तिम पेनाल्टीमा गोल गरे र हामी अघि बढ्यौं, त्यो एकदम हर्षको क्षण थियो । हामी ठूलो दबाबबाट मुक्त भएका थियौं । यो खेल निकै कठिन थियो र सुरुवातदेखि हामी यसको लागि तयार थियौं ।’

मेस्सीले पूर्वकप्तान म्याराडोनाले आफ्नो टिमलाई स्वर्गबाट हेरिरहेको बताए । ‘डिएगोले हामीलाई स्वर्गबाट हेरिरहेका छन् । उनले हामीलाई हौसला दिइरहेका छन् र आशा छ अन्त्यसम्म यो कायम रहनेछ,’ उनले थपे ।

अर्जेन्टिनाले अब मंगलबार हुने सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । उक्त खेलका लागि डिफेन्डरद्वय मार्कस अकुना र गोन्जालो मोन्टिएल उपलब्ध हुने छैनन् । दुवै खेलाडी दोस्रो पहेंलो कार्डका कारण बाहिर रहने भएका हुन् ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.