default_image

2 years ago

December 10, 2022

सेमिफाइनलमा पुग्न मोरक्को र पोर्चुगलको भिडन्त

112 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल भिड्दैछन् । खेल नेपाली समय अनुसार रातको ८:४५ बजे सुरु हुनेछ ।

अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको थियो । यता पोर्चुगल भने युरोपेली टोली स्विटजरल्यान्डविरुद्ध गोलको वर्षा गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो । मोरक्को पहिलो पटक क्वाटरफाइनलमा पुगेको इतिहासलाई थप अविस्मरणीय बनाउन चाहन्छ । आजको खेल जित्दै सेमिफाइनलमा प्रवेश गरे, यो उपलब्धि हासिल गर्ने मोरक्को पहिलो अफ्रिकी राष्ट्र बन्नेछ ।

यसअघि मोरक्को र पोर्चुगलले विश्वकपमा दुई पटक खेलेका छन् । सन् १९८६ मा मोरक्कोले ३-१ को जित दर्ता गरेको थियो । त्यस्तै सन् २०१८ मा भने क्रिस्टियानो रोनाल्डोको हेडर गोलमा पोर्चुगल १-० ले विजयी भएको थियो । आजको खेलमा रोनाल्डोले सुरुवात गर्ने सम्भावना निकै कम छ ।

पछिल्लो खेलमा ह्याट्रिक गरेका फरवार्ड गोन्कालो रामोसले टोलीमा स्थान निरन्तर राख्ने सम्भावना छ । अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक सुरुवाती रोजाइमा खेल्दा नै ह्याट्रिक गरेका उनले विश्वकपमा चार गोल गरिसकेका छन् ।

मोरक्कोले यसपटक रक्षात्मक रुपमा निकै राम्रो प्रदर्शन गरेको छ । हालसम्म युरोपेली राष्ट्रविरुद्ध तीन खेल खेल्दा कुनैमा गोल खाएको छैन । पोर्चुगलले यसअघि खेलेका विश्वकपको दुवै क्वाटरफाइनल खेलमा जित हासिल गरेको इतिहास छ ।

फिफा विश्वकपमा अफ्रिकी राष्ट्र सहभागी भएको १३ नकआउट खेलमध्य ९ खेल अतिरिक्त समयमा पुगेको छ । मोरक्कोले यस प्रतियोगिताको ४ खेलमा जम्मा एक गोल खाएको छ, त्यो पनि आत्मघाती गोल थियो । यता पोर्चुगलले भने विश्वकपको पछिल्लो १० खेलमा लगातार गोल गरेको छ ।

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.