default_image

2 years ago

December 10, 2022

नेयमारले पेलेको कीर्तिमान भेट्टाए

154 views

0 Bookmark

एजेन्सी – फरवार्ड नेयमार जुनियरले ब्राजिलका लिजेण्ड पेलेले राष्ट्रिय टोलीका लागि राखेको ७७ गोलको ‘आधिकारिक’ गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन् ।

फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाविरुद्धको क्वाटरफाइनलमा एक गोल गरेसँगै उनले पेलेकाे कीर्तिमानलाई बराबरी गरेका हुन् । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यो कीर्तिमानलाई मान्यता दिएपनि ब्राजिल फुटबल महासंघ र पेलेले ९५ गोल गरेको दाबी छ ।

फिफाले दुई राष्ट्रबीचको खेल मात्रै गणना गर्छ र पेलेका केही गोलहरू क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा रहेको बताइएको छ । नेयमारले १२४ खेल खेल्दै ७७ अन्तर्राष्ट्रिय गोल गरेर पेलेको कीर्तिमान बराबरी गरेका हुन् ।

८२ वर्षीय पेलेले १९५७ देखि १९७१ सम्म ९२ खेलमा ७७ गोल गरेका थिए । ब्राजिलबाट सन् १९५८, १९६२ र १९७० मा तीनवटा विश्वकप जितेका पेले हाल साओ पाउलोको अस्पतालमा उपचाररत छन् ।

अतिरिक्त समयमा लम्बिएको खेलमा नेयमारकै गोलमा ब्राजिलले अग्रता लिएको थियो । तर, त्यो अग्रता ब्राजिलले जोगाउन सकेन । टाइब्रेकरमा ब्राजिल ४–२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

३० वर्षीय नेयमारले १० अगस्ट २०१० मा अमेरिकाविरुद्ध डेब्यु गर्दै डेब्युमै गोल गर्न सफल भएका थिए । उनले ८ गोल विश्वकपमा गरेका छन् । २०१४ मा ४, २०१८ र यसपाली गरी समान दुई गरी ४ गोल गरेका छन् । ५ गोल कोपा अमेरिकामा गरेका छन् ।

नेयमारले २०१३ मा कन्फेडेरेसन कप जिते । उनले विश्वकप र कोपा अमेरिका कप जित्न सकेका छैन । टोकियो ओलम्पिकमा ब्राजिलको टोलीबाट उपाधि जितेका उनी २०१९ मा ब्राजिलले कोपा जित्दा उनी घाइते थिए । २०२१ मा उपविजेता हुँदा उनी टोलीका सदस्य थिए ।

नेमारको गोल समग्र ब्राजिलको कीर्तिमान होइन, मार्टाले सन् २००२ देखि महिला टोलीका लागि ११५ गोल गरेकी छिन् ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.