default_image

2 years ago

December 9, 2022

डी मारिया ‘खराब प्रशिक्षक’ भान गालको सामना गर्दै

124 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी विंगर एन्जल डी मारियाले गत वर्ष अर्जेन्टिनी मिडिया टिवाईसी स्पोर्ट्ससँग अन्तर्वार्ताका दौरान लुइस भान गाललाई आफ्नो करिअरकै सबैभन्दा खराब प्रशिक्षक रहेको बताएका थिए ।

सन् २०१४ मा रियल म्याड्रिडबाट ६० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेड आएका डी मारियाको सम्बन्ध भान गालसँग राम्रो हुन सकेन । युनाइटेडका प्रशिक्षक रहेका भान गालले उनलाई त्यस वर्ष जम्मा २० खेलमा सुरुवात गराए । खेलाडी र प्रशिक्षकबीच राम्रो सम्बन्ध नभएपछि अर्को वर्ष नै डी मारिया पेरिस सेन्ट जर्मेन (पिएसजी) तर्फ लागेका थिए ।

फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना भिड्दा यी दुई आमनेसामने हुनेछन् । खेलको पूर्व सन्ध्यामा भान गालले डी मारियाको भनाइप्रति यस्तो टिप्पणी गरे, ‘मलाई एन्जलले यसो भनेको थाहा पाउँदा मन परेन । यो राम्रो होइन । तर कहिलेकाहीं प्रशिक्षक भएपछि लिने निर्णयले सबैलाई खुसी बनाउँदैन,’ उनले भने ।

त्यसो त डी मारियापछि युनाइटेड पुगेका मेम्फिस डिपाएसँग पनि भान गालको सम्बन्ध राम्रो थिएन । प्रशिक्षक भान गालले त्यसैलाई उदाहरणको रुपमा प्रयोग गर्दै समयले सबै परिवर्तन गर्न सक्ने बताए ।

‘मेरो बारेमा नराम्रो बोल्ने निकै कम खेलाडीमा एन्जल परे । नत्र धेरैजसो खेलाडीले ठिक विपरित बोलेका हुन्छन्,’ उनले थपे, ‘मेम्फिसलाई हेर्नुस । युनाइटेडमा हामी कस्तो अवस्थामा थियौं र अहिले एक अर्कासँग नजिक छौं । म उनलाई किस पनि गर्न सक्छु ।’

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.