default_image

2 years ago

December 9, 2022

‘टाइब्रेकर पुग्नुअघि खेल समाप्त होस्’

451 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नुअघि अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले टाइब्रेकर पुग्नुअघि नै खेल सकिने आशा राखेका छन् ।

खेलको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक स्कालोनीले टाइब्रेकरमा भाग्यले साथ दिनुपर्ने जनाउँदै खेल त्यसअघि नै सकियोस भन्ने चाहको बताए । ‘हामीले टाइब्रेकरका लागि तयारी गरेका छौं । हरेक खेलको अघि र पछि पेनाल्टी प्रहार गरिरहेका छन् । प्रशिक्षणमा पनि ध्यान दिएका छौं । तर अन्त्यमा पेनाल्टी भनेको भाग्यकै खेल हो,’ उनले भने, ‘मलाई आशा छ हामी टाइब्रेकरसम्म पुग्न नपरोस । खेल त्यसअघि नै सकिन्छ भन्ने आशा छ ।’

विश्वकपमा यी दुई टोलीको पछिल्लो दुवै भेटमा गोल हुन सकेको छैन । सन् २००६ को समूह चरणको खेल र स्ना २०१४ को सेमिफाइनलमा खेल बराबरी भएको थियो । सन् २०१४ मा अर्जेन्टिनाले टाइब्रेकरमा जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो । तर मारियो गोट्जेले अतिरिक्त समयमा गोल गरेपछि अर्जेन्टिना उपाधिबाट विमुख भएको थियो ।

स्कालोनीले अहिले नै सेमिफाइनलमा कुन टोलीको सामना गर्न चाहने भन्न नसकिने बताए । ‘खेल कसले जित्छ भन्ने अवस्था नै छैन । प्रतिस्पर्धा निकै कडा छ । को खेल जित्न हकदार छ भन्ने अवस्था छैन । दुई प्रतिस्पर्धी राष्ट्रिय टोलीबीच कडा भिडन्त हुने अपेक्षा गर्न सक्नुहुन्छ,’ उनले थपे ।

स्कालोनीले टोलीमा हाल चोटका समस्या नरहेको र शुक्रबार मैदानमा उत्रने जोकोही पनि फिट भएमात्र खेल्ने बताए । एन्जल डी मारिया र रोड्रीगो डे पलको फिटनेसबारे प्रश्न गर्दा उनले खुलेर बोल्न चाहेनन् । तर दुवै खेलाडी नेदरल्यान्ड्सविरुद्ध खेलका लागि तयार रहने अनुमान रहेको छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.