2 years ago
December 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– यो वर्षको सहिद स्मारक ए डिभिजन लिग आयोजनामा अन्योलता यथावत रहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन श्रणीको लिग सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग ६ करोड रुपैयाँ सहयोगका लागि आग्रह गरेको छ ।
अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा र महासचिव किरण राईले बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई लिगका लागि बजेट व्यवस्था गरिदिन पत्र बुझाएका थिए । ए,बी,सी डिभिजन लिगका लागि १८ करोड रुपैयाँ भन्दा बढी खर्च हुने उल्लेख गर्दै एन्फाले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपमार्फत ६ करोड रुपैयाँ बजेट उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
ए डिभिजनका लागि ३ करोड, बीका लागि २ र सी डिभिजनका लागि १ करोड रुपैयाँ सहयोगको अपेक्षा एन्फाले राखेको छ । ए डिभिजन सञ्चालनका लागि मात्र १० करोड भन्दा बढी खर्च हुने एन्फाले जनाएको छ । लिगका लागि गत वर्षको तयारीको बाँकी र यो वर्षको ५० प्रतिशत रकम आफ्नै प्रतिबद्धता अनुसार एन्फाले उपलब्ध नगराएपछि पुस २६ गतेबाट सुरु हुने भनिएको ए डिभिजन लिग अन्योलमा परेको छ ।
तीन पटक समय समय सिमा तोकेर पनि एन्फाले तयारी रकम उपलब्ध नगराएको भन्दै १४ मध्ये ९ ए डिभिजन टोलीले संयुक्त रुपमा एन्फालाई पत्र बुझाउँदै तयारी खर्च उपलब्ध गराएको ३ महिना पछि मात्र लिग खेल्न सक्ने जनाएका छन् ।
रंगशाला निशुल्क उपलब्ध गराउन आग्रह
एन्फाले ए डिभिजन लिग र अन्तर्राष्ट्रिय फुटबल आयोजनाका लागि राखेपको मातहतमा रहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला निशुल्क उपलब्ध गराउन आग्रहसहितको अर्को पत्र बुझाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको आयोजनाले फुटबल खेलको व्यावसायिकरणमा मद्दत पुग्नुका साथै नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर हुने, देशको अर्थतन्त्रमा समेत मद्दत पुग्ने भन्दै एन्फाले राखेप सदस्य सचिव घिसिलङलाई पत्र बुझाएको पत्रमा भनिएको छ, ‘यसर्थ, राष्ट्रिय र अर्न्तराष्ट्रिय प्रतियोगिता दशरथ रंगशालामा आयोजना गरे वापत परिषदबाट लिईने शुल्क संघको श्रोत र साधन समेतले तिर्न नसक्ने भएको हुँदा अब आगामी दिनमा निशुल्क दशरथ रंशगाला उपलब्ध गर्ने व्यवस्था मिलाई फुटबल खेलको विकास र विस्तारमा सहयोग गरि दिनु हुन समेत हार्दिक अनुरोध गर्दछौ ।’
च्यासल रंगशाला हस्तान्तरणको माग
एन्फाले प्रशिक्षक प्रशिक्षण, रेफ्री प्रशिक्षण, ग्रासरुट्स कार्यक्रम लगायत भविष्यमा नै ए, बी र सी लिग सन्चालन गर्ने लक्ष्य रहेको भन्दै भोगचलनका लागि राखेपलाई च्यासल रंगशाला हन्तान्तरणका लागि आग्रह गरेको छ ।
‘च्यासल रंगशाला पुर्ननिर्माण को अवस्थामा यथाशीघ्र निर्माण कम्पनीसंग आवश्यक समन्वय गरि एन्फाले भोगचलन गर्ने गरी च्यासल रंगशाला हस्तान्तरण गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ,’ एन्फाले बुझाएको अर्को पत्रमा भनिएको छ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]