default_image

2 years ago

December 7, 2022

यथाशीघ्र फुटबल सुरु गर्न खेलाडी संघको आग्रह

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल खेलाडी संघले पछिल्लो समय देखिएको अन्योल्यतालाई सुल्झाउँदै घरेलु फुटबल यथाशीघ्र संचालनका लागि वातावरण तयार पार्न अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएको छ ।

एन्फाले सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि प्रतिबद्धता जनाएअनुसार तयारी रकम उपलब्ध नगराएपछि लिग निर्धारित समयमा सुरु हुनेमा शंका उत्पन्न भएको छ । पटक पटक रकम उपलब्ध गराउने प्रतिबद्धता गरेपनि एन्फाले तयारी रकम उपलब्ध नगराएको भन्दै १४ मध्ये ९ ए डिभिजन लिग क्लबले आइतबार एन्फालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सोही पत्रमा एन्फाले रकम उपलब्ध गराएको ३ महिनापछि मात्र लिग खेल्न सकिने उल्लेख गरेका छन् । जबकी एन्फा र क्लबले संयुक्त बैठकबाट पुस २६ गतेबाट सहिद स्मारक ए डिभिजन लिग सुरु गर्ने निर्णय भएको थियो । पछिल्लो घटना क्रमले लिग पूर्वनिर्धारित सयममा हुनेमा शंका उत्पन्न भएको छ ।

यस्तो पृष्ठभूमीमा खेलाडी संघले एन्फा र क्लबहरु बिचको असमझदारीका कारण फेरि पनि तोकिएको समयमा लिग हुने वा नहुने अन्योलता बढ्नु गम्भिर विषय भएको जनाएको छ । संघले यस्ता विषयलाई समयमा नै सुल्झाई घरेलु फुटबल यथा सिघ्र संचालन गर्ने वातावरण सृजना गर्न पनि एन्फालाई अनुरोध गर्दछौं ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा लामाको नेतृत्वमा गएको खेलाडी संघको टोलीले बुधबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलाई पत्र हस्तान्तरण गरेका थिए । पत्रमा भनिएको छ,‘ घरेलु फुटबल संचालन नहुँदा खेलकर्मीहरुलाई मात्र असर पर्ने नभई पूर्ण रुपमा देशको फुटबलको अवस्थालाई नै गम्भिर असर पर्ने हुँदा यस्ता आपसी असमझदारीहरुलाई सुल्झाई वा विकल्प सहित भए पनि घरेलु फुटबल सुचारु गर्न गम्भिरता पूर्वक अनुरोध सहित ध्यानाकर्षण गर्दछौं ।’

एन्फाले गत वर्ष वर्षको बाँकी ७ लाख ५० हजार र यो वर्षको तयारीको ५० प्रतिशत १५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्न सकेन । एन्फाले पहिलो पटक कात्तिक १४ गते, त्यसपछि कात्तिक २१ गते र पछिल्लो पटक मंसिर १५ गते सम्म रकम उपलब्ध गराउने प्रतिबद्धता गरेको क्लबहरुले एन्फाले बुझाएको पत्रमा उल्लेख छ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.