default_image

2 years ago

December 7, 2022

पोर्चुगल गोलवर्षा गर्दै क्वाटरफाइनलमा

300 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा सुरुवात गराएको पोर्चुगलले फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पुग्न स्विट्जरल्यान्डविरुद्ध गोलको वर्षा गरेको छ । क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा पोर्चुगलले अन्तिम १६ को खेलमा ६-१ को फराकिलो जित दर्ता गर्यो ।

पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । पोर्चुगलका लागि राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले १-१ गोल थपे ।

१७ अ‍ौं मिनेटमा रामोसले जोआअ‍ो फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे । उनले बायाँ खुट्टाले गरेको प्रहार निअर पोस्टमा गोल भएको थियो ।

कार्यवाहक कप्तान पेपेले ३३ अ‍ौं मिनेटमा अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।

५१ अ‍ौं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरे । उनले डालोटको क्रसलाई पहिलो टचमा गोलरक्षक यान सोमरको खुट्टा मुनिबाट गोलको दिशा दिए । ५५ अ‍ौं मिनेटमा राफाएल गुरेरोले रामोसकै पासमा गोल गरे । त्यसको केहीबेरमै म्यानुएल अकान्जीले स्विट्जरल्यान्डका लागि गोल फर्काए ।

६७ अ‍ौं मिनेटमा रामोसले ह्याट्रिक पूरा गरे । पोर्चुगलका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा सुरुवात गरेका उनले विश्वकपमा ह्याट्रिकको दुर्लभ उपलब्धि हासिल गरे । इन्ज्युरी समयमा लिआअ‍ोले गुरेरोको पासमा गोल गर्दै खेलमा पोर्चुगलको गोल संख्या आधा दर्जन पुर्याए ।

पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३-० ले पराजित गरेको थियो ।

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.