default_image

2 years ago

December 6, 2022

स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा

296 views

0 Bookmark

कतार – उपाधिको बलियो दावेदार स्पेनलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसमा मोरक्कोले बाजी मार्न सफल भयो ।

टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । बदर बनोउनेले गोल गर्न सकेनन् ।

स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । त्यसपछि कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठको यात्रा तय गराए ।

त्यसअघि एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेलको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिदा खेल अतिरिक्त समयमा लम्बिएको थियो । स्पेनले ७३ प्रतिशतभन्दा बढी बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि गोल गर्न नसक्दा स्तब्ध बन्न पुग्यो ।

१२औं मिनेटमा अक्रफ हाकिमीको पेनाल्टी क्षेत्र बाहिरको फ्रिकिक सदुपयोग हुन सकेन । २७औं मिनेटमा मार्काे एसेन्सियोको प्रहारले पोस्टको दिशा लिन सकेन । ३३औं मिनेटमा माजराओईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक युनाई सिमोनले दोस्रो प्रयासमा नियन्त्रणमा लिए ।

४३औं मिनेटमा अचरप हाकिमीको क्रसमा सोफियन बोउफलको फ्लिक पासलाई एगुरेडको हेडर पोस्ट नजिकबाट बाहिरिदा मोरक्को अग्रता लिनबाट चुक्यो । ५५औं मिनेटमा मार्काे एसेन्सियोको फ्लिक फ्रिकिकमा ड्यानी ओल्मोको प्रहारलाई गोलरक्षक यासिन बोनोल पञ्च गर्दै बचाउँदा स्पेनले अग्रता लिन सकेन ।

८२औं मिनेटमा अल्भारो मोराटाले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ८६औं मिनेटमा अकरफ हाकिमीको क्रसमा वालिड चेडडिराले एक डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षक सिमोनले नियन्त्रणमा लिन सफल भए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पुन मोराटा चुके । उनको हेडरले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ड्यानियल ओल्मोको क्रसलाई गोलरक्षक बोनोउले अर्काे सुन्दर बचाउँ गरे ।

९५औं मिनेटमा अब्देलहामिद साविरीले वन भर्सेस वनको स्थितिमा प्रहार गर्न ढिला गर्दा एमेरिक लापोर्टाले फाइनल टच दिन स्पेनको संकट टारे । अमराबातको पासमा उनले अफसाइड बिट ट्याप गर्दै पेनाल्टी बक्ससम्म पु¥याएपनि फाइनल टच दिन सकेन ।

१०४औं मिनेटमा वालिड चेडडिराले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि गोलरक्षक युनाई सिमोन बाधक बन्दा मोरक्को अग्रता लिन बाट चुक्यो । वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई सिमोनले लडिसकेको अवस्थामा खुट्टाले ब्लक गर्दै स्पेनको संकट टारे ।

अतिरिक्त समयको अन्तिम समयमा पाब्लो सारावियाको प्रहारलाई डिफेन्डरले क्लियर गर्दै मोरक्कोलाई खेलमा कायम राखे । मोरक्को विश्वकपको क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टोली बनेको छ ।

यसअघि १९९० मा क्यामरुन, २००२ मा सेनेगल र २०१० मा घानाले क्वाटरफाइनलमा स्थान बनाएको थियो । अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगल र स्वीट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

यस जितसँगै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुगेको छ । मोरक्को यसअघि १९८६ अर्थात २६ वर्षअघि अन्तिम १६ मा पुगेको थियो । त्यो नै मोरक्कोको विश्वकपमा उत्कृष्ट नतिजा थियो ।

यता, २०१० को च्याम्पियन स्पेन लगातार दोस्रो पटक अन्तिम १६ बाटै बाहिरिएको छ । सन् २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ मा रसियासँग टाइब्रेकरमा पराजित भएर बाहिरिएको थियो ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.