default_image

2 years ago

December 6, 2022

विश्वकपमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल

177 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो खेलमा समूह ‘एफ’ को विजेता मोरक्कोले समूह ‘ईं’ को उपविजेता स्पेनसँग खेल्दैछ । अर्काे खेलमा समूह ‘एच’ को विजेता पोर्चुगलले समूह ‘जी’ को उपविजेता स्वीट्जरल्यान्डसँग खेल्दैछ । यि दुई खेलको अन्त्यसँगै क्वाटरफाइनल समिकरण पूरा हुनेछ ।

हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।
मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

समूह चरणको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको मोरक्कोले त्यसपछि बेल्जियम र क्यानडालाई समान २–१ ले पराजित गरेर समूह विजेता बन्दै स्पेनसँगको भेट पक्का गरेको थियो । टोली त्यही जितको लक्ष्यमा मैदान उत्रनेछ ।

यता, आफ्नो समूहमा उपविजेता बनेको स्पेन पनि मोरक्कोलाई हराएर अन्तिम आठमा पुग्न चहान्छ । स्पेनले पहिलाे खेलमा काेस्टा रिकालाई ७–० ले पराजित गर्दै सुखद् सुरुवात गरेकाे थियाे । दाेस्राे खेलमा जर्मनीसँग १–१ गाेलकाे बराबरी खेलेकाे स्पेनले अन्तिम खेलमा जापानसँग २–१ पराजित भएकाे थियाे ।

यस्तै पोर्चुगल र स्वीट्जरल्यान्डबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता तथा स्वीट्जरल्यान्ड समूह ‘जी’ को बनेर भिडन्त तय गरेका हुन् । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।

नकआउट चरण स्थान बनाउने क्रममा पाेर्चुगलले घानालाई ३–२ ले र उरुग्वेलाई २–० ले हराउँदा दक्षिण काेरियासँग २–१ ले पराजित भएकाे थियाे । यता स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० र सर्वियालाई ३–२ ले पराजित गर्दा ब्राजिलसँग १–० ले पराजित भएकाे थयाे ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.