default_image

2 years ago

December 5, 2022

क्रोएसिया टाइब्रेकरमा जापानलाई हराउँदै क्वाटरफाइनलमा

189 views

0 Bookmark

सुबास हुमागाईं, कतार

गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा तीन पेनाल्टी विफल पारेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ‌।

टाइब्रेकरमा जापानलाई ३-१ ले हराउँदै क्रोएसिया अन्तिम ८ मा स्थान बनाउन सफल भयो । सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए ।

मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

खेलको सुरुवातमा क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन । इभान पेरिसिचको प्रहार गोलरक्षक शुइची गोन्डाले बचाए । त्यसपछि जापानले बल पोसेसनमा रहँदा संयमित आक्रमण गर्दै क्रोएसियालाई दबाब दिइरह्यो ।

दोस्रो हाफमा क्रोएसिया बराबरी गोल फर्काउन सफल भयो । त्यसलगत्तै दुवै गोलरक्षकले लगातार बचाउ गर्दै खेल बराबरीमा राखे । खेलाडी परिवर्तन गरेपछि जापान केहि बलियो देखिएपनि आक्रमण सदुपयोग गर्न भने सकेन ।

निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि अतिरिक्त समयमा दुवै टोलीे रक्षात्मक देखिए । न्यून अवसर सिर्जना भएको अतिरिक्त समय‌मा क्रोएसियाले केहि अवसर पाएको थियो ।

पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा डेजन माएदाले गोल गर्दै जापानलाई अघि बढाए । जापानले छोटो कर्नर खेल्दै निर्माण गरेको मुभमा गोल गरेको हो । पेनाल्टी क्षेत्र भित्र लामो पास क्लिएर हुन नसक्दा माएदाले गोल गरे ।

दोस्रो हाफको ५५ अ‍ौं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । इभान पेरिसिचले हेडरमार्फत गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए । डेजान लोभ्रेनको लामो पासमा उनको शक्तिशाली हेडर गोलरक्षक गोन्डाले डाइभ दिएपनि बलसम्म पुग्न सकेनन् ।

५७ अ‍ौं मिनेटमा जापानको अग्रतामा गोलरक्षक डोमिनिक लिभाकोभिच बाधक बने । वातारु एन्डोले २५ यार्ड टाढाबाट गरेको प्रहार उनले मुस्किलले क्रसबार माथि पठाए । ६३ अ‍ौं मिनेटमा गोन्डाले अर्कोतर्फ उत्कृष्ट बचाउ गरे । लुका मोड्रिचको भलीलाई उनले डाइभ दिँदै विफल पारे ।

अतिरिक्त समयको पहिलो हाफमा जापानको प्रयासमा लिभाकोभिच बाधक बने । उनले पेनाल्टी क्षेत्र बाहिरबाट काअ‍ोरु मितोमाले गरेको शक्तिशाली प्रहारलाई विफल पारे ।

यस खेलको विजेता टोलीले क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ । यसअघि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा फ्रान्स र इंग्ल्यान्ड क्वाटरफाइनलमा खेल्ने पक्का भइसकेको छ ।

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.