2 years ago
December 5, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन टोली मछिन्द्र क्लबका कप्तान सुजल श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरुलाई गम्भिर प्रश्न गरेका छन् । पुस २६ गतेबाट सुरु हुने भनिएको लिग अन्योलमा परेपछि त्यसप्रति गम्भिर चासो व्यक्त गर्दै सुजलले सामाजिक सञ्जालमार्फत एन्फा र क्लबलाई नेतृत्वलाई प्रश्न गरेका हुन् ।
उनले लिग सर्ने संघारमा रहेको प्रति आफू अनभिज्ञ रहेको उल्लेख गर्दै व्यङ्गात्मक रुपमा खेलाडीकोतर्फबाट धन्यवाद दिदै भनेका छन्, ठिकै हो खेलाडीहरुले खेल्न नपाउनु तपाईहरुको उद्देश्य नै हो भने हामी खुसी हुनु नै पर्छ ।’ राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुजलले सँगै प्रश्न पनि सोधेका छन् । ‘तपाईहरुले आफ्नो वाचा अनुसारको रकम नपाउँदा खेललाई समयमा खेल्न नसकिने कुरा सहि हुन पनि सक्छ तसर्थ एन्फाले आफ्नो वाचालाई यथा शिघ्र निभाउनु पर्छ नै तर प्रश्न यो रह्यो कि एकाध क्लब बाहेक केहि क्लबहरुले आफूले खेलाडीहरुलाई प्रयोग गरे बापत वाचा र सहमति अनुसारको पारिश्रमिक समयमा र पूर्ण उपलब्ध गराउनु भएको छ त? त्यसैमा उनले भनेका छन्, ‘सायद जवाफ सकारात्मक आउदैन नै होला ।’
एन्फाले नेपाली राष्ट्रिय खेलाडीहरुले (उमेर समुह देखि महिलासम्म) विभिन्न समयमा मेहेनत पश्चात राष्ट्रको निम्ति उपाधि जित्दा एन्फाबाट वाचा गरे अनुरुप थुप्रै पुरस्कारहरु दिन बाँकी रहेको पनि उनले स्मरण गराएका छन् । ‘आज सम्म पनि उपलब्ध भएको छैन तर पनि हामी समझदारीमा छौ र नेपाली फुटबलमा बाधक बनेनौ र जिवनभर कहिले पनि बन्ने छैनौं । हामीलाई विश्वास छ कि सम्बन्धित निकायले यो कुरालाई गम्भिरता पूर्वक लिने नै छ ।’
उनले अगाडि भनेका छन्, ‘जसरी आजको दिन सम्म हामी खेलाडीहरुले समझदारी गरेर अघि बढी रहेका छौ, हामी अनुरोध गर्दछौ कि हामी सम्पूर्ण मिलेर आपसी समझदारी र मेहेनतमा नेपाली फुटबललाई टेवा पु¥याउन हातेमालो गरौ। हामी र आउने हरेक पुस्ताले खेल्न पाउने स्वच्छ वातावरण सृजना भएको होस् र सम्पूर्ण नेपाली फुटबल प्रेमीहरु र सिंगो राष्ट्रले नै फुटबलद्वारा गर्व गर्ने क्षण मिलेको होस् ।’
एन्फाले वाचा गरे अनुसार तयारी खर्च वापत गत वर्षको ७ लाख ५० हजार र यो वर्षको ५० प्रतिशत गरि १५ लाख रुपैयाँ मंसिर १६ सम्म उलब्ध नगराएको भन्दै ९ क्लबले आइतबार ध्यानाकर्षण पत्र बुझाएका थिए । सो पत्रमा एन्फाले तयारी खर्च उपलब्ध गराएको ३ महिनापछि मात्र लिग खेल्न क्लबहरु तयारी हुने उल्लेख गरिएपछि लिग निर्धारित समयमा हुनेमा शंका उत्पन्न भएको छ ।
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप २०२६ को छनोट चरणमा नेपाल समूह एफमा परेको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा विहीबार सम्पन्न ड्रमा नेपाल र आयोजक उज्वेकिस्तान एकै समूहमा परेका हुन् । समूह एफ मा लाओस र श्रीलंका पनि रहेका छन् । हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । ३४ टोलीलाई […]
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुर्गेश थापाको चर्चित गीत ‘…….दुश्मन हेरेको हेर्यै ‘ गुन्जिने भएको छ। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको शनिवार हुने उद्घाटनमा आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले थापालाई मुख्य पर्फमरको रुपमा प्रस्तुत गर्ने सामाजिक सन्जालमार्फत जानकारी दिएको छ। पछिल्लो समय देशभर आयोजना हुने महोत्सवमा सर्वाधिक माग हुने पर्फमरमध्ये थापा […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बुटवल लुम्बिनी एफसीले घानाका स्ट्राइकर फिलिप्स अजालाई अनुबन्ध गरेको छ। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवलले अनुबन्ध गरेको अजा अन्तिम विदेशी खेलाडीको हुन् । बुटवलमा विदेशी खेलाडीको संख्या ६ पुगेको छ । राष्ट्रिय टोलीका मिडफिल्डर मनिष डाँगी बुटवलका मार्की खेलाडी हुन् । टोलीको मुख्य प्रशिक्षकमा भुटानका पुष्पलाल शर्मा छन् […]