default_image

2 years ago

December 6, 2022

‘हरेक खेलाडीलाई हजार पेनाल्टी हान्ने होमवर्क दिएको थिएँ’

183 views

0 Bookmark

सुबास हुमागाईं, कतार

फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणको पहिलो खेलअघि स्पेनका प्रशिक्षक लुइस एन्रिकेले आफ्ना खेलाडीलाई पेनाल्टी प्रशिक्षणका लागि विशेष गृहकार्य दिएको बताएका छन् ।

मोरक्कोविरुद्ध हुने अन्तिम १६ चरणको खेलअघि पेनाल्टीमा टोलीको तयारीबारे सोधिएको प्रश्नमा एन्रिकेले क्लब फुटबलमै रहँदा खेलाडीलाई प्रशिक्षणको लागि निर्देशन दिइएको बताए । ‘मैले एक वर्ष अघिदेखि खेलाडीलाई होमवर्क दिएको छु । मैले यसबीचमा एक हजार पेनाल्टी हान्नुपर्छ भनेको थिएँ । राष्ट्रिय टोलीमा आएर पेनाल्टी मात्र प्रशिक्षण गर्ने कुरा हुँदैन । क्लब फुटबलमा त्यसको लागि ध्यान दिन भनेको छु । हामीसँग तीन उत्कृष्ट गोलरक्षक छन् । पेनाल्टी भएको अवस्थामा सबै तयार‌ छन्,’ उनले भने ।

मोरक्कोविरुद्ध खेल स्पेनका लागि सहज नहुने पनि उनले बताए । ‘सबै खेलाडी फिट छन् । भोलीका खेलका लागि तयार छौं । हामी विश्वकपमा उत्कृष्ट टोलीको सामना गरिरहेका हुन्छौं । प्रशिक्षक र खेलाडी स्तरीय हुन्छन् । मोरक्को यसपटक प्रतियोगितामा सबैभन्दा हौसिएको टोली छ । कठिन समूहबाट पनि अघि बढ्न सफल भयो,’ उनले बताए ।

स्पेनले पछिल्लो समय टिकी टाका फुटबलमा बढी ध्यान दिँदा डिफेन्समा गल्ती भइरहेको आरोप छ । इन्रिकेले यसबारे आफ्नो रणनीति परिवर्तन नहुने बताए । ‘स्पेनले लामो पास खेल्दै खेल्दैन भन्ने नै छैन । हामी आफ्नो रणनीतिमा प्रष्ट छौं । खेलाडीले मैदानभित्र आफ्नो आवश्यकता अनुसार निर्णय लिने हो । तर हामीले गोल निकाल्दा पास खेलेरै निकालेका छौं । गोल खायौं भन्दैमा रणनीति परिवर्तन हुँदैन । हामी पछाडिबाट पास खेलेर नै बढी सफल भएका छौं,’ उनले प्रष्ट पारे ।

इन्रिकेले सन् २०१५ मा निकै सफलता हासिल गरेको बार्सिलोना र स्पेनलाई तुलना गर्न नमिल्ने बताए । ‘सन् २०१५ यता धेरै परिवर्तन भएको छ । खेल्ने शैली फरक छ । बार्सिलोनामा उच्च स्तरका खेलाडी थिए । क्लब फुटबलमा समर्थकलाई रमाइलो दिनुपर्छ । खेल जित्ने फर्कने मात्र हुँदैन । त्यसैले क्लबको परिचय अनुसार खेल्नुपर्ने हुन्छ,’ इन्रिकेले थपे ।

इन्रिकेका अनुसार स्पेनले खेल अवधिभर एकपक्षीय दबाब राख्छ भन्ने आँकलन गर्नु गलत हुनेछ । ‘जापानविरुद्ध हामी १० मिनेट पछि रह्यौं । हालसम्म खेलेका ३०० मिनेटमा हामी केहि समय पछि पर्यौं र त्यसमा नै धेरैको ध्यान छ । राम्रो पक्षमा पनि ध्यान दिनुपर्छ । मोरक्कोले पनि हामी विरुद्ध कुनै समय राम्रो खेल्ला, त्यसको लागि तयार रहनुहोस् । हामी खेलको सबै समय पकड जमाउन सक्दैनौं,’ उनले भने ।

स्पेन र मोरक्कोबीचको खेल एजुकेसन सिटि रंगशालामा मंगलबार हुनेछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुनेछ । यस खेलको विजेताले पोर्चुगल र स्विटजरल्यान्डबीच खेलको विजेतासँग खेल्नेछ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.