default_image

2 years ago

December 6, 2022

‘स्पेनको फुटबल बुझेका छौं’

198 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ मा स्पेनविरुद्ध खेल्नुअघि मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुइले स्पेनिस फुटबलबारे आफूलाई जानकारी भएको बताएका छन् ।

प्रशिक्षक वालिदले स्पेनविरुद्ध खेल फाइनलसरह हुने बताए । ‘स्पेन विश्वकपको उपाधि दावेदार हो । स्पेनलाई घर पठाउन सक्यौं भने प्रतियोगिताको सबैभन्दा ठूलो नतिजा हुनेछ । यसले हाम्रो देशको फुटबलमा पनि निकै फरक पर्नेछ । हाम्रो लागि यो फाइनल अघिको चौथो फाइनलसरह हुनेछ,’ उनले भने ।

मोरक्को र स्पेनबीच खासै धेरै दुरी छैन । त्यसैले दुई देशबीच धेरै कुरा मेल खान्छ । सामाजिक रुपमा मात्र होइन यसले फुटबलमा पनि असर गरेको वालिद मान्छन् । ‘हामी स्पेनको फुटबल बुझ्छौं ‌। हाम्रा धेरै खेलाडी स्पेनिस लिगमा खेलिरहेका छन् । हामीले स्पेन फुटबल नजिकबाट बुझेका छौं । तर‌ यसो भन्दैमा खेल सहज भन्ने हुँदैन । स्पेन विरुद्ध उत्कृष्ट प्रदर्शन गरेमात्र हामी नतिजा निकाल्न सक्नेछौं ,’ उनले थपे ।

स्पेन तुलनात्मक रुपमा बढी अनुभवी भएपनि अर्को स्तरमा जान यस्तो खेल जित्नुपर्ने उनले बताए । ‘हामी ३६ वर्षपछि यो ठाउँमा आइपुगेका छौं । स्पेनका लागि यो नियमित प्रक्रिया हो । हाम्रो तुलानमा स्पेनमा धेरै अनुभव पनि छ । तर हामी अर्को स्तरमा जान चाहन्छौं भने यस्ता खेल जित्नुपर्ने हुन्छ,’ उनले थपे ।

स्पेनका प्रशिक्षक भन्छन् : ‘हरेक खेलाडीलाई हजार पेनाल्टी हान्ने होमवर्क दिएको थिएँ’

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.