2 years ago
December 4, 2022
एजेन्सी – फरवार्ड ओलिभर जिरुड फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका छन् । फिफा विश्वकप कतार २०२२ अन्तरगत प्रि–क्वाटरफाइनलमा पाेल्यान्डविरुद्व एक गाेल गर्दै उनी फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका हुन् ।
सर्वाधिक गाेलकर्ता बन्ने क्रममा जिरुडले लेजेन्ड थिएरी हेनरीकाे कीर्तिमानलाई ताेडेका हुन् । हेनरीले १९९७ देखि २०१० सम्म १२३ खेल बाट ५१ गाेल गर्दै फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका थिए ।
जिरुडले २०११ देखि याे अवधिसम्म ११६ क्याप जित्दा ५२ अन्तराष्ट्रिय गाेल गर्दै कीर्तिमान आफ्नाे नाममा लेखाएका हुन् । ४२ गाेलसहित एन्टाेइन ग्रिजमन तेस्राे स्थानमा रहेका छन्। चाैथाे स्थानमा रहेका मिचेल प्लाटिनीले ४१ तथा करिम बेन्जेमाले ३७ गाेल गर्दै पाँचाैं स्थानमा रहेकाे छ ।
प्रतिस्पर्धात्मक बनेकाे खेलकाे ४४औं मिनेटमा केलियन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे ।
यसै खेलबाट कप्तान तथा गाेलरक्षक ह्युगाे लाेरिसले फ्रान्सबाट सर्वाधिक खेल खेल्ने लिलिएन थुरामकाे कीर्तिमानलाई बराबरी गरेका छन् । उनीहरुले समान १४२ खेल खेलेका छन् ।
यस्तै लाेरिसले फ्रान्सबाट सबैभन्दा बढी विश्वकप खेल्ने थिएरी हेनरी र फाविएन वार्थेजकाे कीर्तिमानलाई बराबरी गरेका छन् । उनीकाे विश्वकपमा समान १७ खेल पुगेकाे छ । फ्रान्स क्वाटरफाइनलमा पुगेकाे अवस्थामा लाेरिसले यसै विश्वकपबाट याे दुवै कीर्तिमान आफ्नाे नाममा लेखाउने सम्भावना छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]