default_image

2 years ago

December 5, 2022

नेयमारले कोरियाविरुद्ध खेल्ने बलियो सम्भावना

146 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियाविरुद्ध खेल्दैछ । चोटका कारण पछिल्लो खेल गुमाएका स्टार फरवार्ड नेयमारले कोरियाविरुद्ध खेल्ने बलियो सम्भावना रहेको छ ।

ब्राजिलका प्रशिक्षक टिटेले खेलको अघिल्लो दिन नेयमारले साँझमा प्रशिक्षण गरेपछि उनको अवस्था हेरेर निर्णय लिने बताएका थिए । ‘नेयमारले आज साँझ प्रशिक्षण गर्नेछन् । उनको अवस्थाबारे प्रष्ट जानकारी आएपछि मात्र निर्णय लिनेछु । आजको प्रशिक्षणमा उनको अवस्था हेर्नेछौं । अहिले नै खेल्छन् वा खेल्दैनन् भनेर म झुटो आश्वासन दिन चाहन्न । म हरेक कुरा प्रष्ट राख्न चाहन्छु र नेयमारबारे मेरो निर्णय आजको प्रशिक्षणमा उनको प्रदर्शन र अवस्था हेरेर लिनेछु,’ उनले भनेका थिए ।

आइतबार साँझ नेयमारले ब्राजिलको प्रशिक्षणमा सहभागी भएपछि खेल्ने सम्भावना बढेको हो । नकआउट चरण खेल भएकाले खेल ३० मिनेट थपिने सम्भावना पनि हुन्छ । त्यसैले नेयमारले सुरुवात गर्ने वा आवश्यकता अनुसार बेन्चबाट आउने प्रष्ट छैन । यद्यपि प्रशिक्षक टिटेले टोलीका लागि आवश्यक निर्णय लिने बताएका छन् ।

‘म टोलीको लागि जे ठिक हुन्छ त्यहि निर्णय लिन्छु । हामीले भोलि सम्भव भएसम्मको सबैभन्दा बलियो टोली उतार्नेछु । टोलीलाई घाटा हुने निर्णय लिनेछैन । को खेल्छ को खेल्दैन भन्ने कुरा नै हुँदैन ।’

‘हामीसँग फरक पोजिसनमा खेल्न सक्ने खेलाडी छन् । टोलीको अवस्था अनुसार पोजिसन बदल्न सक्छन् । डिफेन्स होस् या आक्रमण खेलाडीको कमी हुने छैन । चोटको अवस्था अनुसार टोलीको छनोट हुनेछ । ड्यानिलो खेलका लागि उपलब्ध छन् । उनले प्रशिक्षणमा फिर्ता भएर उपलब्ध छन् ।’

प्रशिक्षक टिटेले आर्सनलका फरवार्ड ग्याब्रिएल जेसस घाइते हुँदाहुँदै विश्वकप टोलीमा समेटिएको खबरको भने आलोचना गरे । ‘जेसस पहिला नै घाइते थिए भन्ने झुटो हो । हामीले आर्सनलको स्वास्थ्य टोलीसँग पनि छलफल गरेका थियौं । हिजो पनि दुवै पक्षबीच छलफल भएको छ । म जेससका लागि दुखि छु । आशा छ उनी चाडै ठिक हुनेछन् । तर यस्तो अफवाह फैलाउनेलाई म राम्रो मान्दिन ।’

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.