default_image

2 years ago

December 4, 2022

फ्रान्सद्वारा ९ खेलाडी परिवर्तन

248 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध पछिल्लो खेलबाट ९ खेलाडी परिवर्तन गरेको छ ।

ट्युनिसियाविरुद्ध पहिलो रोजाइमा खेलेको टोलीबाट राफाएल भारान र ओरेलिएन चुआमेनीले मात्र अन्तिम टोलीमा स्थान बनाएका छन् । फ्रान्सले ट्युनिसियासँग १-० को हार बेहोरेपनि समूह विजेता बनेको थियो । आजको खेलमा भने प्रशिक्षक डीडीएर डेसच्याम्प्सले बलियो टोली उतारेका छन् ।

यता पोल्यान्डले टोलीमा दुई परिवर्तन गरेको छ । मिडफिल्डमा जाकुब कामिन्सकी र सबास्टियन जिमान्सकी खेल्नेछन् । कप्तान रोबर्ट लेवान्डोस्कीले आक्रमण सम्हाल्दा प्रतियोगितामा दुई पेनाल्टी रोकिसकेका गोलरक्षक वोजसिएक सेचेज्नीमाथि सबैको नजर हुनेछ ।

फ्रान्स :

ह्युगो लोरिस

जुल्स कुन्डे – राफाएल भारान – डायोट उपामेकानो – थिओ हर्नान्डेज

ओरेलिएन चुआमेनी

एन्टोइन ग्रिज्मन – एड्रीएन राबीओट

ओस्मान डेम्बेले – ओलिभिएर जिरुड – किलीयन एमबाप्पे

पोल्यान्ड :

वोजसिएक सेचेज्नी

म्याटी क्यास – कामील जिल्क – जाकुब किविओर – बार्सोज बेरेजेन्स्की

जाकुब कामिन्सकी – ग्रेगोर्ज क्रिकोविआक

प्रेम्स्ला फ्रान्कोस्की – सबास्टियन सिमान्सकी – पिटर जिएलिन्स्की

रोबर्ट लेवान्डोस्की

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.