default_image

2 years ago

December 4, 2022

‘ए’ डिभिजन लिग अन्यौलमा

260 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुस २६ गतेबाट सुरु गर्ने भनिएको सहिद स्मारक ए डिभिजन लिग निर्धारित समयमा सुरु हुनेमा शंका देखिएको छ । एन्फाले क्लबहरुसँग गरेको तयारी गर्ने उपलब्ध गराउने पटक पटकको प्रतिबद्धता पूरा नभएकाले निर्धारित समयमा लिग हुनेमा शंका बढेको हो ।

ए डिभिजन लिगका १४ मध्ये ९ क्लबका प्रतिनिधिले आइतबार एन्फा अध्यक्षलाई पत्र लेख्दै तयारी वापतको रकम उपलब्ध भएको तीन महिनापछि मात्र लिग खेल्न तयार रहेको भन्दै संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । संयुक्त ध्यानाकषर्णमा भनिएको छ सहभागी क्लब र एन्फा पदाधिकारीबीच औपचारिक छलफल भएको अघिल्लो वर्षको तयारीको अन्तिम र यो वर्षको तयारी खर्चको ५० प्रतिशत रकम दिने सहमति कात्तिक १४ गते भएको थियो ।

एन्फाले कात्तिक १४ गते, त्यसपछि कात्तिक २१ गते र पछिल्ले पटक मंसिर १५ गते रकम उपलब्ध गराउने प्रतिबद्धता गरेको पत्रमा उल्लेख छ । तर मंसिर १६ गते सम्म पनि प्रतिबद्धता अनुसार रकम उपलब्ध नभएकोले रकम पाएको ३ महिनापछि मात्र लिग खेल्न तयार हुने पत्रमा उल्लेख गरिएको छ ।

विगतमा भै पटक पटक झुटो आश्वासन मात्र बारम्बार दिने प्रवृत्तिले गर्दा एन्फा को यस्ता खालका गतिविधिले कतै सहिद स्मारक ‘ए’ डिभिजन लिग नै अन्यौलमा पर्ने होकी भन्ने पनि हामीलाई चिन्ताको विषय भएको हुनाले सो सम्बन्धमा समेत गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं, संयुक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

एन्फाले गत वर्ष वर्षको बाँकी ७ लाख ५० हजार र यो वर्षको तयारीको ५० प्रतिशत १५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको थियो । प्रतिबद्धता अनुसार रकम उपलब्ध गराउन नसकेको स्वीकार्दै एन्फाका महासचिव किरण राईले केहि दिनपछि भुक्तानी दिने तयारी भइरहेको बताएका छन् । महासचिव राईले भने, ‘नौं वटा क्लबको संयुक्त पत्र प्राप्त भएको छ । हामी उहाँहरुसँग यो विषयमा छलफल गरेर एउटा निकास निकाल्ने छौं । ’

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.