default_image

8 years ago

December 26, 2016

अनिल र विमलको टोली बाहिरियो, पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा

124 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ र युवा स्ट्राइकर बिमल घर्तीमगर सम्मिलित पश्चिमाञ्चल सातौं राष्ट्रिय खेलकुदको फुटबलबाट बाहिरिउको छ । सोमबार पूर्वाञ्चलसँग ३–१ ले पराजित भएसँगै पश्चिमाञ्चल प्रतियोगितबाट बाहिरिएको हो । पश्चिमाञ्चलले तीन मध्ये १ खेलमात्र जित्न सक्यो ।

unnamed-13
अर्को समूहबाट नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सेमिफाइनल पुगेका छन् । धरानको एन्फा टेक्निकल सेन्टरमा सोमबार पुलिसले मध्यमाञ्चललाई ३–१ ले हरायो । तर, पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३–१ ले हराएपछि मात्र पुलिसको समूह खको विजेताका रुपमा अघि बढेको हो । मध्यमाञ्चल उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।
पुलिसका कप्तान जुमानु राईले पहिलो हाफको २१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । मध्यमाञ्चलका खेलाडीले रवि पासवानलाई पेनाल्टी बक्स भित्र लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो । दोस्रो हाफको २९ औं मिनेटमा मध्यमाञ्चलका सञ्जीव कार्कीले आत्मघाती गोल गरे भने दोस्रो हाफको ४३ औं मिनेटमा राम वाग्लेले पुलिसका लागि गोल थपे । मध्यमाञ्चलका लागि दोस्रो हाफको २३ औं मिनेटमा दिनेश हेन्जनले एक गोल फर्काए ।
दोस्रो खेलमा पुर्वाञ्चलले पश्चिमाञ्चल क्षेत्रलाई ३–१ ले हरायो । पुर्वाञ्चलको लागि निसान लिम्बुले २ र सुशिल कुमार यादवले गोल गरे । निशासनले पाँचौं र सुशिलले २६ औं मिनेटमा गोल गरे । निशानले पहिलो हाफकै अन्त्य तिर अर्को गोल थपे । पश्चिमाञ्चलका कप्तान अनिल गुरुङले पहिलो हाफको २० मिनेट एक गोल फर्काएका थिए ।

पूर्वाञ्चल र पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरिएका छन् । मंगलबार सशस्त्र प्रहरीको एपिएफ र नेपाल आर्मीबीच पहिलो खेल तथा सुदुरपश्चिमाञ्चल क्षेत्र र मध्यपश्चिमबीच दोस्रो खेल हुनेछ ।

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.