2 years ago
December 3, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शनिबार) देखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ ।
शुक्रबार राति दक्षिण कोरिया र स्वीट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएसँगै प्रि–क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।
प्रि–क्वाटरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता तथा अमेरिका समूह ‘बी’ को उपविजेता हो ।
समूहमा नेदरल्यान्ड्स अपराजित रहेर नकआउट चरणमा स्थान बनाउँदा अमेरिका पनि अपराजित नै रहेर अन्तिम १६ मा स्थान बनाउन सफल टोली हो । दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछ ।
यस्तै अर्काे खेलमा समूह ‘सी’ को विजेता अर्जेन्टिनाले समूह ‘डी’ को उपविजेता अष्ट्रेलियासँग खेल्दैछ । खेल अहमेद विन अली स्टेडियममा राति १२ः४५ बजेपछि हुनेछ ।
दुवै टोली जित निकाल्दै अन्तिम आठमा पुग्न चहान्छ । २०१४ को उपविजेता अर्जेन्टिना २०१८ पछि क्वाटरफाइनलमा पुग्न चहान्छ । त्यसबेला अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।
यता, अष्ट्रेलिया विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । यसअघि पाँचपटक विश्वकप खेलिसकेको अष्ट्रेलिया प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन ।
समूह ‘सी’ मा अर्जेन्टिनाले सुरुवाती खेल गुमाएपनि त्यसपछिको दुवै खेलमा जित निकाल्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको थियो ।
यता, अष्ट्रेलियाले पनि पहिलो खेल गुमाएको थियो । त्यसपछिको दुवै खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]