2 years ago
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूहको अन्तिम खेलमा उरुग्वेका लुइस सुआरेजले घानाविरुद्ध कप्तानी गर्ने भएका छन् ।
घाना र सुआरेजबीच सन् २०१० को विश्वकप क्वाटरफाइनलको ह्यान्डबल घटनाका कारण राम्रो सम्बन्ध छैन । तर उरुग्वेले घानाविरुद्ध नियमित कप्तान डिएगो गोडीनलाई बेन्चमा राख्दै सुआरेजलाई कप्तानी दिएको छ । सुआरेजले पहिलो खेलमा सुरुवात गर्दा दोस्रो खेल बेन्चबाट मैदान छिरेका थिए । आजको खेलमा सबास्टियन कोआटेसले डिफेन्समा खेल्दैछन् ।
खेलको पूर्वसन्ध्यामा सुआरेजले १२ वर्षअघिको घटना तथा जारी विश्वकपमा व्यक्तिगत र टिम प्रदर्शनबारे आफ्नो धारणा राखेका थिए । उनले आफू पहिलाजस्तो खेल्न सक्ने नभएपनि खेलमा आफ्नो भूमिका परिवर्तन भएको बताए ।
‘मलाई थाहा छ म पहिलाजस्तो छैन । गतिमा उमेरसँगै कमी आएको छ । तपाईं जुन पोजिसन खेलेपनि आफ्नो क्षमता प्रभावकारी बनाउन खेल्नुपर्छ,’ उनले भने, ‘ पहिला मैले गरेजस्तो कुद्ने र बलमा भिड्ने जिम्मेवारी अन्य खेलाडीले लिएका छन् । म बल आफूसँग राखेर खेल्छु ।’
‘हामी विपक्षीको अवस्था हेरेर पनि खेल्ने गरेका छौं । यसपटक विश्वकपमा शारिरिक रुपमा निकै कठिन छ । खेलमा प्रतिस्पर्धाको स्तर पनि बढेको छ । मैले त्यसैअनुसार आफूलाई तयार गरेको छु ।’
सुआरेजले विश्वकप सम्मको यात्रा व्यक्तिगत रुपमा आफू र टोलीका लागि सहज नभएको पनि स्वीकारे । ‘यो मेरो अन्तिम विश्वकप हो । मैले यहाँसम्म आउन धेरै अवरोह पार गरेको छु । व्यक्तिगत रुपमा मात्र होइन टिमले पनि निकै मिहिनेत गरेको छ । तर हामी उरुग्वेको पहिचान पनि यहि हो । हामी कडा मिहिनेत गरेर सफल हुन्छौं । छनोटमा पनि हामीलाई सहज थिएन । तर हामी एक भएर यहाँ आइपुगेका छौं ।’
सुआरेज र घानाबीच १२ वर्षअघि सन् २०१० विश्वकपको क्वाटरफाइनलमा भएको घटना जोडिन्छ । त्यसबेला सुआरेजले गोल हुन लागेको बल हातले रोकेपछि गरेपछि घानाले अन्तिम समयमा पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी गोलमा परिणत गरेको भए घाना सेमिफाइनल पुग्थ्यो । तर आसमोह जियानले उक्त पेनाल्टी चुकाए । त्यसपछि भएको टाइब्रेकरमा उरुग्वे विजयी रहेको थियो । उक्त घटनाले सुआरेज आजसम्म पनि घानामा घृणित छन् ।
तर सुआरेजले उक्त घटनाका लागि आफूले माफी माग्नुपर्छ जस्तो नलागेको बताए । ‘मैले माफी माग्ने सोचेको छैन, र माग्नुपर्छ जस्तो पनि लाग्दैन । मैले बल रोकेर घाना बाहिर भएको होइन, घानाका खेलाडी आफैंले पेनाल्टी चुकाएका हुन् । मैले खेलाडी घाइते बनाएर, रातो कार्ड खाएर अनि गोल रोकेको भए माफी माग्ने हो ।’
‘मैले रोकपछि घानाकै खेलाडीले पेनाल्टी चुकाउनु मेरो गल्ती होइन । घानाका खेलाडी आफैंले पनि उनी मेरो स्थानमा रहेको भए त्यहि गर्थें भनेका छन् । त्यसैले मैले माफी माग्नुपर्ने गल्ती गरेजस्तो लाग्दैन ।’
सुआरेजले फुटबलमा सधैं पुराना घटना जोडेर बदलाको भाव लिन नहुने पनि बताए । ‘पुरानो घटना जोडेर बदला भाव लिनेबारे सोच्नु हुँदैन । गल्ती भएपछि त्यसलाई ठिक बनाएर अघि हेर्न जरुरी छ । जस्तै मैले किएलीनिसँग एउटा घटनामा गल्ती गरें । तर मैले माफी मागें र हामी त्यसपछि पनि एक अर्काको विरुद्धमा उत्रियौं । खेलमा बदला सोचेर खेल्नु हुँदैन,’ उनले भने ।
यो पनि पढ्नुहोस् : जब सुआरेज घानासँगै अफ्रिकाकै दुश्मन बने..
सुरुवाती ११ :
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]