2 years ago
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा उरुग्वेले घानाविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ ।
घानाले खेलको १७ अौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी पाएको थियो ।
उरुग्वेले खेलको २७ अौं मिनेटमा अग्रता लियो । जिअर्जिअन डे अरासेटाले गोललाइन नजिकबाट बललाई पोस्टभित्र छिराउँदै यस विश्वकपमा उरुग्वेको पहिलो गोल गरे । लुइस सुआरेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लरेन्स इटि जिगीले बचाएपनि रिबाउन्डमा अरासेटा गोल गर्न तैनाथ थिए ।
अग्रता दिलाएको ५ मिनेटमै अरासेटाले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक सुआरेजले दिएको पासलाई अरासेटाले शक्तिशाली प्रहारमा गोल गरे । उनले हावामा आएको पासलाई पहिलो टचमै हाफ भलीमा सुन्दर फिनिस गरे ।
समूहको अर्को खेलमा पोर्चुगल र कोरिया १-१ को बराबरीमा छन् ।
दुई खेलको सकिँदा पोर्चुगल ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ । घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]