default_image

2 years ago

December 2, 2022

‘अष्ट्रेलियाविरुद्ध खेल पोल्यान्डजस्तै हुनेछ’ – रोड्रीगो डे पल

371 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ चरणमा अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्व सन्ध्यामा टोलीका मिडफिल्डर रोड्रीगो डे पलले आफ्नो धारणा राखेका छन् ।

डे पलले अर्जेन्टिनाका लागि जारी विश्वकपको सबै खेलमा पूरा समय मैदान बिताएका छन् । तर उनले तीन खेलमा नै फरक मिडफिल्ड पार्टनर पाएका थिए । पहिलो खेलमा लिआन्द्रो पारेडेस, दोस्रो खेलमा गीदो रोड्रीग्वेज र तेस्रो खेलमा एन्जो फर्नान्डेजले डे पलसँग खेलेका छन् । तेस्रो खेलमा पोल्यान्डविरुद्ध भने अर्जेन्टिना केही फरक रणनीतिमा देखिएको थियो ।

डे पलले आफूलाई जोसँग खेलेपनि त्यसै अनुसार तयारी हुने गरेको बताए । ‘मलाई सबै तीन खेलाडीसँग सहज लागेको थियो । हामीले प्रशिक्षण त्यसै अनुसार गरेका छौं । हामीले सबै साझेदारीमा आफ्नो भूमिका प्रयोग गरेका छौं । मिडफिल्ड निकै महत्त्वपूर्ण पोजिसन हो । सबै खेलाडी टोलीलाई आवश्यक पर्दा खेल्न तयार छन्,’ उनले भने ।

डे पलले अष्ट्रेलियाविरुद्ध खेल विपक्षीका हिसाबले पोल्यान्डजस्तै हुने बताए । ‘हामीले अष्ट्रेलियाबारे बुझेका छौं । हामीले प्राप्त गरेको छोटो समयमा उनीहरुको भिडियो हेरेका छौं । पोल्यान्ड र अष्ट्रेलियाको खेल उस्तै हुन्छ । हामीसँग बल पोसेसन बढी भएपनि उनीहरुको विंगमा तीव्र गतिका खेलाडी छन् । त्यसैले हामीले मिडफिल्ड र डिफेन्समा पनि ध्यान दिनुपर्छ,’ उनले भने ।

अष्ट्रेलियाको बलियो पक्षमा पनि डे पल सजग रहे । ‘अष्ट्रेलियासँग दुई अग्ला सेन्टर डिफेन्डर छन् । त्यसैले पनि हामीले फ्रिकिकहरु दिनु हुँदैन । तीव्र गतिका विंगर भएकाले पनि काउन्टर अट्याकमा चनाखो हनुपर्नेछ,’ उनले सुनाए ।

डे पलले शारीरिक रुपमा पनि आफू खेलका लागि तयार रहेको बताए । ‘हामीले दुई दिनको अन्तरमा नै अर्को खेल खेल्नुपर्ने छ । हाम्रो ध्यान अहिले विश्राम गर्ने र खेलका लागि उच्च स्तरमा तयार कसरी हुने भन्नेमा छ । म आफैं लगातार सबै खेल खेलेपनि तयार छु । पूरा समय खेल्न पाउँदा राम्रो लाग्छ र अर्को खेलमा पनि त्यहि लक्ष्य हुनेछ,’ उनले टुंग्याए ।

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन । ‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने । शुक्रबार रोकिएको […]

Success

Thank you for your time.