default_image

2 years ago

December 2, 2022

नकआउटमा पुग्न सर्विया र स्वीट्जरल्यान्डले निर्णायक खेल खेल्दै

130 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘जी’ बाट नकआउट चरणमा पुग्न र स्वीट्जरल्याण्ड र सर्वियाले निर्णायक खेल खेल्दैछन् ।

यी दुई मध्ये जित्ने टिम अन्तिम १६ मा पुग्नेछ । यि दुई टोलीबीचको खेल राति १२ः४५ बजे हुनेछ । यही समयमा ब्राजिल र क्यामरुनले पनि खेल्दैछ ।

स्वीट्जरल्याण्डले जित हात पारे अन्तिम १६ मा पुग्नेछ । पराजित हुने टोली समूह चरणबाटै बाहिरिनेछ । सर्वियालाई हराएर स्वीट्जरल्यान्ड लगातार तेस्रो पटक नकआउट चरणमा पुग्ने योजनामा मैदान उत्रनेछ ।

यान सोमर, म्यानुएल अकान्जी, एरय कोमेर्ट, निको एल्भेडी, रिकार्डो रोड्रीग्वेज, फाबिएन सेर, सिल्भान विडमर, ग्रानिट झाका, एडिमिल्सन फर्नान्डेस, फाबियन फ्रेई, रेमो फ्रुलर, आर्डन जाशारी, फाबियन रिडर, जेर्डान शाकिरी, जिब्रिल सो, रेनाटो स्टेफेन, डेनिस जाकारिया, मिसेल एबिसर, ब्रिल एम्बोलो, क्रिस्टियन फासानाट, नोआ ओकाफोर, हारिस सेफेरोभिच र रुबेन भार्गास छन् ।

यता, सन् २०१० पछि सर्विया एन्ड मोन्टेनेग्रोबाट बनेको सर्विया पहिलोपटक नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । यो बीचमा दुई पटक विश्वकप खेलेको सर्वियाले नकआउट चरण पुग्न सकेको छैन ।

सर्वियालाई अघिल्लो चरण पुग्न भने स्वीट्जरल्याण्डलाई हराउनुसँगै अर्को खेलमा ब्राजिलले क्यामरुनलाई पराजित गर्नुपर्नेछ । सर्विया र क्यामरुन दुवैले जितेको अवस्थामा अंक समान ४ हुँदा गोल अन्तर निर्णायक हुनेछ ।

सर्वियासँग मार्को डिमिट्रोभिच, स्टेफान मिट्रोभिच, निकोला मिलेन्कोभिच, स्ट्राहिन्जा पाभ्लोभिच, मिलोस वेल्जकोभिच, फिलिप म्लादेनोभिच, स्ट्रहिन्जा एराकोभिच, सरजान बाबिच, नेमान्जा गुडेल्ज, सर्गे मिलिन्कोभिच–साभिच, सासा लुकिच, मार्को ग्रुजिच, फिलिप कोस्टिच, उरोस रासिच, नेमान्जा माक्सिमोभिच, इभान इलिच, एन्ड्रिजा जिभकोभिच, डार्को लाजोभिच, डुसान टाडिच, एलेक्सान्डर मिट्रोभिच, डुसान भ्लाहोभिच, फिलिप डुुरिसिस, लुका जोभिच र नेमान्जा राडोन्जिच छन् ।

यि दुई टोलीले हालसम्म एक पटक खेलेको छ । सन् २०१८ मा भएको विश्वकपमा पनि यि दुई टोलीले समूह चरणमा भिड्दा स्वीट्जरल्यान्ड २–१ ले विजयी भएको थियो । स्वीट्जरल्यान्ड सोही जितलाई निरन्तरता दिन योजनामा हुँदा सर्विया उक्त हारको बदला लिने लक्ष्यमा हुनेछ ।

समूहमा ब्राजिलको ६ अंक छ । स्वीट्जरल्यान्डको ३ तथा क्यामरुन र सर्वियाको समान १ अंक छ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.