2 years ago
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत हालसम्म अन्तिम १६ चरणमा खेल्ने १४ टोलीको टुंगो लागेको छ । समूह जी र एचबाहेक अन्य सबैको समूह विजेता र उपविजेता टुंगो लागेसँगै प्रतियोगिताको नकआउट समीकरण थप प्रष्ट बनेको छ ।
समूह ए बाट नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेता बन्यो । सेनेगल ६ अंक जोड्दै समूह उपविजेताको रुपमा अघि बढेको हो । ४ अंक जोडेको इक्वेडर र अंकविहिन कतार समूह चरणबाट बाहिरीए ।
समूह बी मा इंग्ल्यान्ड ७ अंकसाथ शीर्षस्थानमा रहयो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गर्यो । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्सले समूह चरण पार गर्न सकेनन् ।
समूह सी मा अर्जेन्टिना समूह विजेता बन्यो । पहिलो खेल हारेपनि अर्जेन्टिनाले पछिल्लो दुई खेल जित्दै ६ अंक जोड्यो । पोल्यान्ड र मेक्सिको समान ४-४ अंक जोडेपनि गोलअन्तरमा पोल्यान्ड अघि बढ्यो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रह्यो ।
समूह डी मा फ्रान्स शीर्ष स्थानमा रहयो । अन्तिम खेलमा ट्युनिसियासँग हारेको सावित विजेता फ्रान्सले ६ अंक जोड्यो । अष्ट्रेलियाले फ्रान्ससँग पहिलो खेल हारेपछि लगातार जित दर्ता गर्दै ६ अंकका साथ नकआउट चरणमा स्थान बनायो । ४ अंक जोडेको ट्युनिसिया र १ अंक जोडेको डेनमार्क समूह चरणबाट बाहिरीए ।
समूह ई मा जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।
समूह एफ मा मोरक्कोले ७ अंक जोड्दै शीर्षस्थान हासिल गर्यो । क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियम ४ अंक जोड्दै समूह चरणबाट बिदा भयो । क्यानाडा अंकविहिन रहँदै बाहिरियो ।
समूह जी र एच तर्फ अन्तिम खेल शुक्रबार हुनेछ । समूह जी मा ब्राजिलले क्यामरुन तथा स्विटजरल्यान्डले सर्बियाको सामना गर्नेछ । त्यस्तौ समूह एचमा पोर्चुगलले दक्षिण कोरिया र उरुग्वेले घानासँग खेल्नेछ ।
अब अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछ । इंग्ल्यान्डले सेनेगलको सामना गर्दा अर्जेन्टिना र अष्ट्रेलिया भिड्नेछन् । पोल्यान्डले फ्रान्सको सामना गर्नेछ भने क्रोएसियाले जापानविरुद्ध खेल्नेछ । स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तो छ विश्वकपको नकआउट समीकरण :
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]