default_image

2 years ago

December 1, 2022

जापान र स्पेन भिड्दै

276 views

0 Bookmark

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तरगत आज बिहीबार समूह ‘ई’ तर्फ स्पेन र जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जर्मनीले कोस्टा रिकासँग खेल्नेछ । यो समूहबाट दुई पुर्व विजेता स्पेन र जर्मनीले सहजै समूह चरण पार गर्ने अनुमान गरिएपनि त्यसको विपरित सबै चारै टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना छ ।

पहिलो खेलमै जर्मनीलाई स्तब्ध पारेको जापान आफ्नो अन्तिम खेलमा स्पेनमाथि अर्काे सनसनीपूर्ण जित निकाल्दै समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ । तर, बलियो स्पेनमाथि जित निकाल्न जापानलाई कठिन हुन सक्छ । एसियाली राष्ट्र जापान कम्तीमा पनि स्पेनलाई रोक्दै अघिल्लो चरणमा पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । स्पेनसँग पराजित भएमा जापानले अर्काे खेलको नतिजा कुर्नुपर्नेछ ।

जापानसँग सुइची गोन्डा, मिकी यामाने, हिरोकी साकाइ, माया योसिडा, ताकेहिरो तोमियासु, शोगो तानीगुचि, को इताकुरा, हिरोकी इटो, युटो नागाटोमो, वातारु इन्डो, हिदेमासा मोरिता, आओ तानका, गाकु शिवासाकी, काओरु मितोमा, दाइची कामाडा, रित्सु डोआन, जुन्या इटो, ताकुमी मिनामिनो, ताकेफुसा कुबो, युकी सोमा, डाइजेन माएडा, ताकुमा असानो, अयेसा उएडा र शुतो माचिनो छन् ।

यता, समूह चरण पार गर्न केही सहज स्थितिमा रहेको स्पेन पनि आफ्नो अन्तिम खेलमा जित निकाल्दै समूह विजेता बन्न चहान्छ । जापानमाथिको जित या बराबरीले स्पेन अन्तिम १६ मा पुग्नेछ । जापानलाई पराजित गरेमा स्पेन समूह विजेता नै बन्नेछ ।

जापानसँग पराजित भएपनि स्पेन अन्तिम १६ मा पुग्ने सम्भावना रहन्छ । तर त्यसका लागि अर्काे खेलमा जर्मनी र कोस्टा रिकाले बराबरी वा जर्मनीले हार टार्नुपर्छ । जापानसँग हार बेहोरेको र कोस्टा रिकाले जर्मनीलाई हराएको स्थितिमा स्पेन बाहिरिनेछ ।

युवा खेलाडीले भरिपूर्ण स्पेनसँग उनाइ सिमोन, सेजार एज्पिलिक्वेटा, ड्यानी कार्भाजल, एरिक गार्सिया, ह्युगो गुइलामोन, पाउ टोरेस, एमेरिक लापोर्ट, जोर्डी अल्बा, आल्हान्द्रो बाल्डे, सर्जियो बुस्केट्स, रोड्री, गाभी, कार्लोस सोलेर, मार्कस लोरेन्टे, पेड्री, कोके, फेरान टोरेस, निको विलियम्स, येरेमी पिनो, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो सराबिया, ड्यानी ओल्मो र अन्सु फाती रहेका छन् ।

यि दुई टोली २१ वर्षपछि भिड्न लागेका हुन् । यसअघि २००१ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा हुँदा स्पेन १–० ले विजयी भएको थियो । यस समूहमा स्पेन ४ अंक जोडेर शीर्षस्थानमा छ । जापान र कोस्टा रिकाको समान ३ अंक छ । जर्मनी १ अंक जोडेर पुछारमा छ ।

March 7, 2025

भारतीय फुटबल टोलीमा सुनिलको पुनरागमन

एजेन्सी – पूर्व कप्तान सुनिल क्षेत्री अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको वर्ष दिन नपुग्दै भारतीय फुटबल टोली फर्केका छन् । गत जुनमा सन्न्यास लिएका सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको छ। मुख्य प्रशिक्षक मानोलो मार्क्वेजले बिहीवार २६ सदस्यीय टोलीको घोषणा गरे, जसमा सुनिल परेका छन् । भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध […]

March 7, 2025

‘अञ्जिला’को निर्माण टोली पूर्वमा, रिलिज अर्को साता

हिमाल खरेल ,बिर्तामोड नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को विषयमा फिल्मका निर्देशक तथा निर्माताले झापाको बिर्तामोडमा हिजो पत्रकार सम्मेलन गरेका छन् । फुटबल खेल्नका लागि एञ्जिलाले घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा फिल्ममा रहेको निर्देशक मिलन चाम्सले बताए । फिल्म फागुन २९ मा […]

March 7, 2025

युनाइटेड बराबरीमा रोकियो

एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । युनाइटेड सोसिडाडसँग बिहीवार भएको खेलमा १-१ को बराबरीमा रोकिएको हो । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका जोहोशू जिर्कजीले गोल गरे । सोसिडाडका लागि मिकल ओयार्जाबलले गोल गरे । खेलको ५७औं मिनेटमा जिर्कजीले गोल […]

Success

Thank you for your time.