default_image

2 years ago

December 1, 2022

क्रोएसियाविरुद्ध बेल्जियमलाई जित्नै पर्ने दवाव

230 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (बिहीबार) निकै नै महत्वपूर्ण खेलमा बेल्जियमले साविकको उपविजेता क्रोएसियासँग खेल्दैछ ।

समूह ‘एफ’ अन्तरगत बेल्जियम र क्रोएसियाबीचको खेल अहमेद विन अली स्टेडियमममा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यही समयमा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ ।

स्वर्णिम पुस्ताकाे बेल्जियम र क्रोएसियाको अनुभवी खेलाडीले भरिएको टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यो खेल बेल्जियमका लागि जति महत्वपूर्ण छ । त्यति नै क्रोएसियालाई पनि महत्वपूर्ण छ । बेल्जियमका लागि भने यस खेलमा निश्चित जित आवश्यक छ । यस खेलमा हार बेहोरे बेल्जियम समूह चरणबाट बाहिरिने छ ।

यस्तो अवस्थामा बेल्जियम स्पष्ट जितको लक्ष्यमा मैदान उत्रनेछ । क्रोएसिया यस खेलमा विजयी भए, अन्तिम १६ चरण पुग्नेछ । त्यतिमात्र होइन, बराबरीले पनि टोलीलाई अघिल्लो चरण पर्याप्त छ । तर क्रोएसिया एक अंकका लागि नभई जितकै लागि खेल्नेछ ।

यस समूह ‘एच’ मा क्रोएसिया र मोरक्कोको समान ४ अंक छ । बेल्जियमको ३ तथा क्यानडा भने अंकविहीन छ । उसको प्रतियोगितामा चुनौती समाप्त भइसकेको छ । क्यानडाले समूहको अर्को खेलमा मोरक्कोलाई हराएमा क्रोएसिया र बेल्जियम दुवै नकआउट चरण पुग्न सक्छन् ।

यस खेललाई स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका माेड्रिच र फरवार्ड इडेन हाजार्डबीचकाे खेलकाे रुपमा पनि हेरिएकाे छ ।

बेल्जियमसँग गोलरक्षक थिवाउट कोर्टुवा, जान भर्टोन्घन, टोबी एल्डरवेरेल्ड, वाउट फेस, आर्थर थिएट, जेनो डेबास्ट, थोमस म्युनियर र टिमोथी कास्टग्ने, केभिन डि ब्रुएना, युरी टिलेमान्स, अमाडो ओनाना, एक्सेल विट्सेल, हान्स भानाकेन, लिअन्डर डेन्डोन्कर, यान्निक कारास्को, थोरगन हाजार्ड, चाल्स डि केटेलेर, लिआन्ड्रो ट्रोसार्ड, ड्रिज मर्टेन्स, जेरेमी डोकु, रोमेलु लुकाकु, मिसी बात्सुयाई र लोइस ओपेन्डा छन् ।

यता, क्रोएसियासँग डोमिनिक लिभाकोभिच, डोमागोज भिडा, डेजान लोभ्रेन, बोरना बरिसिच, जोसिप जुरानोभिच, जोस्को भार्डीओल, बोरना सोसा, जोसिप स्टानीसिच, मार्टिन एर्लिच, जोसिप सुटालो, माटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालिच, निकोला भ्लासिच, लोभ्रो माहेर, क्रिस्टियन जाकिच, लुका सुचिच, इभान पेरिसिच, आन्द्रे क्रामारिच, ब्रुनो पेक्टोभिच, मिस्लाभ ओर्सिच, आन्टे बुडीमिर र मार्को लिभाजा छन् ।

यि दुई टोली हालसम्म ८ पटक भिडेका छन् । जसमा बेल्जियमले ३ जित निकाल्दा उति नै जित क्रोएसियाको छ । दुई खेल बराबरीमा सकिएको छ । पछिल्लो दुवै भेटमा बेल्जियम विजयी भएको छ ।

यि दुई टोलीले पछिल्लोपटक सन् २०२१ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा बेल्जियम १–० ले विजयी भएको थियो । क्रोएसियाले सन् २०१० मा १–० ले जितेयताको तीन खेलमा जित्न सकेको छैन ।

March 9, 2025

बायर्न म्युनिखको हार

एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ। २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो। राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा […]

March 9, 2025

पुलिस वीरगञ्ज गोल्ड कप च्याम्पियन

सूर्य शुभचिन्तक, वीरगञ्ज विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ । आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए। ५८औँ मिनेटमा विकास […]

March 9, 2025

नटिङ्घमसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – कल्लम हड्सन-ओडोईले खेलको अन्त्यतिर गोल गरेपछि नटिङ्घम फरेस्टको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। उनको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिगमा शनिवार फरेस्टले म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ। घरेलु मैदान सिटी ग्राउन्डमा ८३औं मिनेटमा हड्सन-ओडोईले गोल गर्नुअघि दुबै टोलीबीच खासै अन्तर देखिएको थिएन। तर, उनको शक्तिशाली प्रहारलाई सिटीका गोलकिपर एडर्सनले रोक्न सकेनन् […]

Success

Thank you for your time.