default_image

2 years ago

December 1, 2022

साउदीलाई हराएपनि मेक्सिको नकआउट चरणमा पुगेन

218 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – साउदी अरेबियालाई समूहको अन्तिम खेलमा पराजित गरेपनि मेक्सिको फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्न असफल बनेको छ । लुसेल रंगशालामा बुधबार २-१ को जित दर्ता गरेपनि गोलअन्तरमा पोल्यान्डभन्दा पछि रहेपछि मेक्सिको तेस्रो भयो ।

खेलको तेस्रो मिनेटमा नै मेक्सिकोले अग्रता लिने अवसर पाएको थियो । एलेक्सिस भेगाले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकसँग वन भर्सेस वनको स्थितिमा प्रहार गर्न पाएका थिए । तर गोलरक्षक मोहमद अलोवाइसले अघि बढ्दै उत्कृष्ट बचाउ गरे । लगत्तै अर्कोतर्फ सालेह अल शेहरीको प्रहार गोलरक्षक गिलेर्मे ओचोआले सहजै बचाए ।

२३ औं मिनेटमा लुइस चाभेजको पेनाल्टी क्षेत्र बाहिरको प्रहारले गोलरक्षक अलोवाइसलाई खस समस्या दिन सकेन । इन्ज्युरी समयमा साउदीका अल शेहरीले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेपनि अन्तिम प्रहार गर्न पाएनन् ।

दोस्रो हाफको सुरुवातमा मेक्सिकोले लगातार दुई गोल गर्दै खेलमा पकड जमायो । हेनरी मार्टिनले मेक्सिकोका लागि ४८ औं मिनेटमा सुरुवाती अग्रता दिलाए । कर्नरमा सेजार मोन्टेसको फ्लिकलाई मार्टिनले ६ यार्ड बक्स नजिकबाट गोलमा परिणत गरे ।

५२ औं मिनेटमा मेक्सिकोले अग्रता दोब्बर पार्यो । लुइस चाभेजले फ्रिकिकमा दर्शनीय गोल गर्दै मेक्सिकोलाई जिततर्फ उन्मुख गराए । उनले झन्डै ३० यार्ड टाढा प्राप्त फ्रिकिकलाई टप कर्नरमा गोल गरेका थिए ।

६७ औं मिनेटमा हर्भीङ लोजानोको प्रहार गोलरक्षक अलोवाइसले विफल पार्दै खेलमा फर्कने सम्भावना जीवित राखे ।

इन्ज्युरी समयमा साउदीले गोल गरेपछि मेक्सिको गोलअन्तर कम हुन पुगेको थियो । सालेम अल दसारीले गोल गर्दै मेक्सिकोलाई नकआउट चरणनजिक पुग्न दिएनन् ।

समूहको अर्को खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले हराएको थियो । यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।

यो पनि पढ्नुहोस :

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा पुग्यो

अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

Success

Thank you for your time.