default_image

2 years ago

December 1, 2022

अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा

179 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार अर्जेन्टिना समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल रहयो ।

पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित रहेको थियो । अर्जेन्टिनाले बल पोसेसन र आक्रमणमा दबाब कायम गरेपनि अग्रता भने लिन सकेको थिएन । पोल्यान्डका गोलरक्षक वोजसिएक सेचेज्नीले एक पेनाल्टीसहित अर्जेन्टिनाको लगातार आक्रमण विफल पार्दै खेल गोलरहित राखे ।

तर दोस्रो हाफको सुरुवातमै अर्जेन्टिना गोल फर्काएपछि अर्जेन्टिनालाई दबाब रहेन । दोस्रो हाफको मध्यतिर अग्रता दोब्बर भएपछि अर्जेन्टिना सहज जिततर्फ उन्मुख देखिएको थियो ।

सातौं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रबाहिर पोल्यान्डका तीन डिफेन्डर बिट गरेपनि अन्तिम प्रहार फितलो हुन पुग्यो । दशौं मिनेटमा मेस्सीले कठिन एंगलबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक वोजसिएक सेचेज्नीले बचाए । त्यसपछि अर्जेन्टिनाले लगातार आक्रमण बुनेपनि पोलिस डिफेन्स सजग रहीरह्यो ।

२९ औं मिनेटमा मार्कस अकुनाको प्रहारले पोस्टको दिशा लिन सकेन । ३४ औं मिनेटमा एन्जल डी मारियाको कर्नर प्रहारलाई उनकै क्लब युभेन्टसबाट खेल्दै आएका गोलरक्षक सेचेज्नीले नै बल्लतल्ल बचाए ।

३५ औं मिनेटमा सेचेज्नी अर्जेन्टिनाको अग्रतासामु पुन: बाधक बने । जुलियन अल्भारेजसँग वन भर्सेस वनको अवस्थामा उनले राम्रो बचाउ गरे । लगत्तै अल्भारेजले दिएको क्रस बचाउने प्रयासमा सेचेज्नीको हातले मेस्सीको अनुहारमा लागेको थियो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयता लिँदै अर्जेन्टिनालाई पेनाल्टी दिए ।

तर मेस्सीले उक्त पेनाल्टीमा गोल गर्न सकेनन् । सेचेज्नीले आफ्नो बायाँतर्फ डाइभ दिँदै मेस्सीको पेनाल्टी प्रहार विफल पारे । जारी विश्वकपमा उनको यो दोस्रो पेनाल्टी बचाउ हो । यसअघि उनले साउदी अरेबियाका अल दसारीको पेनाल्टी पनि बचाएका थिए । ४३ औं मिनेटमा अल्भारेजको प्रहारमा पुन: सेचेज्नी बाधक बने ।

पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले ४७ औं मिनेटमा गोल गरे । नाहुएल मोलिनाले दायाँ विंगबाट दिएको लो क्रसलाई एलेक्सिसले गरेको प्रहार फितलो थियो । तर उक्त प्रहार दुई डिफेन्डर र गोलरक्षक पार हुँदै गोलमा परिणत भएको थियो ।

६८ औं मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । एन्जो फर्नान्डेजले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई अल्भारेजले पेनाल्टी क्षेत्रभित्र डिफेन्डरको दबाबमाझ नियन्त्रण गरे । उनले त्यसपछि गरेको प्रहार गोलरक्षक सेचेज्नीको हातमा लाग्दै गोल भएको थियो ।

७१ औं मिनेटमा अल्भारेजको प्रहारले पोस्टको दिशा लिन सकेन । ८६ औं मिनेटमा लौटारो मार्टिनेजको प्रहारलाई गोलरक्षक सेचेज्नीले विफल पारे ।

यस जितसँगै अर्जेन्टिना ३ खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा रहयो । पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्यो ।

यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।

यो पनि पढ्नुहोस :

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा पुग्यो

साउदीलाई हराएपनि मेक्सिको नकआउट चरणमा पुगेन

July 8, 2024

यु-२० राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा ४० खेलाडी बोलाएको छ । देशभर छनोट सञ्चालन गर्दै एन्फाले ४० खेलाडी छनोट बन्द प्रशिक्षणका लागि बोलाएको हो । ४० खेलाडी मध्ये छनोट भएका खेलाडी सहित नेपालबाट उमेर समूहमा खेलिसकेका खेलाडी समेत रहेका छन् । नेपालको […]

July 8, 2024

चितवन जिल्ला लिगमा एष्ट्रलको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटीले पहिलो जित दर्ता गरेको छ । नारायणी मोटर्स युनिक फुटबल क्लबलाई सोमबार २-० ले हराउँदै एष्ट्रलले लिगमा पहिलो जित निकालेको हो । टोलीलाई जित‌दिलाउन लाल कुमार तमाङ र प्रताप भट्टले गोल गरे । एष्ट्रलका विशाल तमाङ प्लेयर अफ दि म्याच भए […]

July 8, 2024

म्यानचेस्टर युनाइटेड डच जोडी भित्र्याउन खोज्दै

एजेन्सी – म्यानचेस्टर युनाइटेडले अर्को साताभित्र दुई ठूला अनुबन्ध गर्ने तयारी गरेको बताइएको छ । युनाइटेडले डच डिफेन्डर म्याथिज्स डे लिग्ट र फरवार्ड जोशुवा जर्कजी अनुबन्ध गर्ने चर्चा रहेको छ । डिफेन्डर राफाएल भरानले कलन छाडेपछि युनाइटेडले डे लिग्टमा आँखा राखेको छ । उनी बायर्न म्युनिखसँग अलग हुने चाहाना राख्दछन । विभिन्न संचार माध्यमका अनुसार […]

Success

Thank you for your time.