2 years ago
December 1, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगत समूह ‘ई’ को बिहीबार राति हुने कोस्टा रिका र जर्मनीबीचको खेल तीन महिला रेफ्रीले खेलाउने भएकी छिन् ।
यससँगै फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्नेछन् । यो विश्व फुटबलमै इतिहास बन्नेछ ।कोस्टा रिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला हुने विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले जनाएको छ ।
३८ वर्षीय फ्रेञ्च रेफ्री स्टेफिन फ्रापपार्ट मुख्य रेफ्रीको भूमिकामा हुनेछिन् । सहायक रेफ्रीमा ब्राजिली नेउजा ब्याक र मेक्सिकोकी कारेन डियाज हुनेछिन् । फ्रापपार्टले फुटबल इतिहासमा पहिलो पटक पुरुष प्रतिस्पर्धा खेलाउन लागेकी भने होइनन् ।
फ्रापार्टलाई युरोपेली फुटबलकी उदीयमान रेफ्री मानिएको छ । उनले २०१९ यता फ्रान्सको लिग वान खेलाइरहेका छन् । सोही वर्ष उनले महिला विश्वकप पनि खेलाइन् । २०१९ मा लिभरपुल र चेल्सीबीचको यूईएफए सुपर लिग पनि फ्रापार्टले खेलाएकी थिइन् ।
फिफाले विश्वकपको लागि ३६ रेफ्रीको सूची जारी गरेको छ । त्यसमा तीन महिला छन् । साथै तीन महिला सहायक रेफ्री पनि छन् । ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट सहायक महिला रेफ्री हुन् । अन्य फिफा रेफ्रीमा जापानकी ३६ वर्षीय यामाशिता र ३४ वर्षीया रुवान्डाकी सालिमा मुकानसन्गा छिन् ।
यामाशितालाई एसियाली फुटबलको उदीयमान रेफ्रीको रुपमा हेरिएको छ । उनले जापानमा पुरुष फुटबल खेलाइसकेकी छिन् । मुकानसन्गा यसै वर्षको जनवरीमा पुरुषको अफ्रिकी कप अफ नेसन्स खेलाएकी थिइन् ।
‘पुरुष विश्वकप विश्वको सबैभन्दा महत्वपूर्ण खेलकुद प्रतियोगिता हो । म फ्रान्स र युरोपमा पहिलो रेफ्री थिएँ, त्यसैले मलाई यो कसरी सामना गर्ने भन्ने थाहा छ ।’ उनले भनिन् ।
विश्वकपअघि फिफा रेफ्री समितिका अध्यक्ष पियर्लुइगी कोलिनाले उनीहरू महिला भएकाले छनोट नभएका नभई उनीहरु फिफा रेफ्रीको रूपमा छानिएका र उनीहरू कुनै पनि खेललाई खेलाउन क्षमता राख्ने बताएकी थिइन् ।
March 9, 2025
एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ। २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो। राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा […]
March 9, 2025
सूर्य शुभचिन्तक, वीरगञ्ज विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ । आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए। ५८औँ मिनेटमा विकास […]
March 9, 2025
एजेन्सी – कल्लम हड्सन-ओडोईले खेलको अन्त्यतिर गोल गरेपछि नटिङ्घम फरेस्टको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। उनको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिगमा शनिवार फरेस्टले म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ। घरेलु मैदान सिटी ग्राउन्डमा ८३औं मिनेटमा हड्सन-ओडोईले गोल गर्नुअघि दुबै टोलीबीच खासै अन्तर देखिएको थिएन। तर, उनको शक्तिशाली प्रहारलाई सिटीका गोलकिपर एडर्सनले रोक्न सकेनन् […]