default_image

2 years ago

November 30, 2022

पहिलो हाफमा दुवै खेल गोलरहित

147 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डी तर्फ अन्तिम खेल चलिरहेको छ । फ्रान्सले ट्युनिसिया तथा अष्ट्रेलियाले डेनमार्कको सामना गरिरहेको छ । दुवै खेलमा गोल हुन सकेको छैन ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रमणका अवसर सिर्जना गरेका छन् । तर डेनमार्कले गोलरक्षक म्याट रायनलाई दुई पटक राम्रो बचाउ गर्न बाध्य बनायो । यस खेलमा जित हासिल गर्ने टोली नकआउट चरणमा प्रवेश गर्ने दौडमा अघि रहनेछ । अष्ट्रेलियालाई जितले अघि बढ्न पर्याप्त छ भने डेनमार्क आफ्नो जितसँगै अर्को खेलको नतिजा कुर्नेछ ।

११ औं मिनेटमा अष्ट्रेलियाका मिलोस डेगेनेकले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै गोलको खतरा टारे । ६ यार्ड बक्स अगाडि माथिअस जेन्सनले प्रहार गर्न लागेको बल उनले स्लाइड ट्याकल गर्दै विफल पारे । लगत्तै अर्को आक्रमणमा गोलरक्षक तथा कप्तान म्याट रायनले उत्कृष्ट बचाउ गर्दै डेनमार्कलाई अघि बढ्न दिएनन् ।

१९ औं मिनेटमा अष्ट्रेलियाले डेनमार्कको अर्को आक्रमण सफल हुन दिएन । जोआकिम माहलेले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दुई डिफेन्डर पार गर्दै गरेको लो क्रस गोलरक्षक रायनको खुट्टामा लाग्दै गोल हुनबाट बचेको थियो ।

यता दोस्रो रोजाइको खेलाडी उतारेको फ्रान्सले ट्युनिसियाविरुद्ध संघर्ष गरिरहेको छ । ट्युनिसियाले गोल गरेपनि भीएआरले अफसाइड देखाएको थियो । त्यसपछि पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा फ्रान्स खेललाई गोलरहित राख्न सफल भएको छ ।

खेलको नवौं मिनेटमा नै ट्युनिसियाले अग्रता लिएपनि उक्त गोल कायम रहेन । फ्रिकिकमा घान्द्रीले हेडरमार्फत गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त सेट पिसमा अफसाइड भएको देखाएको थियो । २५ औं मिनेटमा फ्रान्सले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । युसुफ फोफानाको पासमा किंग्सले कोमानले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा बाहिर गएको थियो ।

दुई खेल सकिँदा फ्रान्स ६ अंक जोड्दै नकआउट चरण पुगिसकेको छ । अष्ट्रेलियाको ३ अंक छ भने ट्युनिसिया र डेनमार्कको १-१ अंक छ ।

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

Success

Thank you for your time.