default_image

2 years ago

November 30, 2022

फ्रान्सलाई ट्युनिसियाको चुनौती

267 views

0 Bookmark

एजेन्सी – एक खेल बाँकी छँदै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको फ्रान्सले फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार समूह चरणको अन्तिम खेलमा ट्युनिसियाको सामना गर्दैछ ।

ट्युनिसिया र फ्रान्सबीचको खेल कतारको दोहास्थित एजुकेशन सिटी रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ । साविकको विजेता फ्रान्स एक खेल बाँकी छँदै नकआउट चरणमा पुगिसकेको छ ।

फ्रान्सलाई पराजित भएपनि कुनै असर हुनेछैन । तर टोली जित निकालेर समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्ने दाउमा हुनेछ । बराबरीले पनि फ्रान्स समूह विजेता बन्नेछ । हारले अर्काे खेलमा अष्ट्रेलियाले डेनमार्कलाई फराकिलो अन्तरमा हराएको अवस्थामा फ्रान्स उपविजेता हुनेछ ।

विश्वकपअघि चोटका कारण चार स्टार खेलाडी बाहिरिएसँगै फ्रान्सको प्रदर्शन कमजोर हुने आँकलनको विपरित टोलीले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । टोलीसँग लयमा रहेका फरवार्ड केलियन एमबाप्पेको साथ रहेको छ । एमबाप्पेले दुई खेलमा ३ गोलसँगै एक असिस्ट प्रदान गरिसकेको छ । उनी नै टोलीको मुख्य हतियार हुनेछ ।

यसबाहेक फ्रान्ससँग ह्युगो लोरिस, लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान, एडुआर्डो कामाभिंगा, एड्रिएन राविओट, ओरेलिएन चुआमेनी, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभर जिरुड, एन्टोइन ग्रिजमन मार्कस थुराम रहेका छन् ।

यता, ट्युनिसियालाई अघिल्लो चरण पुग्न फ्रान्सलाई हराउनुको साथै अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीचको खेलको नतिजा आँफु अनुकुल आउनुपर्नेछ । ट्युनिसिया पनि विश्व विजेता फ्रान्सलाई स्तब्ध पार्दै नकआउट चरण पुग्ने प्रयासमा हुनेछ । यस विश्वकपमा दुई खेल खेल्दा ट्युनिसियाले गोल गर्न सकेको छैन । ट्युनिसिया गोल र जितको लक्ष्यमा हुनेछ ।

ट्युनिसियासँग एमेन दाहमेन, मोहमद ड्रागर, वाज्दी केच्रिदा, बिलेल इफा, मोन्टासार ताल्बी, डिलान ब्रोन, यासिन मेरिआ, नादेर घान्द्री, अल मालुल, अलि अब्दी, एलेय्स स्खिरी, आइस लाइदुनी, फेर्जानी सासी, घाएलेन चालेली, मोहमद अलि, बेन रोम्धाने, हानिबल मेज्ब्री, सिफेदीन जाजिरी, नाइम सिल्ती, ताहा यासिन खेनिसी, अनिस बेन स्लिमाने, इसाम जेबाली, वाह्बी खाज्री र युसुफ साक्नी रहेका छन् ।

यि दुई टोलीबीच हालसम्म पाँचपटक प्रतिस्पर्धा भएको छ । जसमा फ्रान्सले दुई खेल जितेको छ । दुई खेल बराबरीमा सकिदा एक खेल ट्युनिसियाले जितेको छ । ट्युनिसियाले सन् १९७१ मा २–१ को जित निकालेको थियो ।

त्यसपछि यि दुई टोली पछिल्लोपटक सन् २०१० मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसको १२ वर्षपछि यि दुई टोली एक आपसमा प्रतिस्पर्धा गर्न लागेको हो ।

March 9, 2025

नटिङ्घमसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – कल्लम हड्सन-ओडोईले खेलको अन्त्यतिर गोल गरेपछि नटिङ्घम फरेस्टको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। उनको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिगमा शनिवार फरेस्टले म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ। घरेलु मैदान सिटी ग्राउन्डमा ८३औं मिनेटमा हड्सन-ओडोईले गोल गर्नुअघि दुबै टोलीबीच खासै अन्तर देखिएको थिएन। तर, उनको शक्तिशाली प्रहारलाई सिटीका गोलकिपर एडर्सनले रोक्न सकेनन् […]

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

Success

Thank you for your time.