2 years ago
November 30, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेपछि हुनेछ ।
ट्युनिसिया र फ्रान्सबीचकाे खेल एजुकेशन सिटी रंगशालामा हुनेछ । साविककाे विजेता फ्रान्स एक खेल बाँकी छँदै नकआउट चरणमा पुगिसकेकाे छ । फ्रान्सलाई पराजित भएपनि कुनै असर हुनेछैन । तर टाेली जित निकालेर समूह विजेता बन्दै अघिल्लाे चरणमा पुग्ने दाउमा हुनेछ ।
ट्युनिसियालाई अघिल्लाे चरण पुग्न फ्रान्सलाई हराउनुकाे साथै अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीचकाे खेलकाे नतिजा आँफु अनुकुल आउनुपर्नेछ ।
अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुँदा अष्ट्रेलियालाई बराबरीकाे नतिजा पर्याप्त रहँदा डेनमार्कलाई जित बाहेक विकल्प छैन । याे समूहमा फ्रान्सकाे ६ अंक छ । अष्ट्रेलियाकाे ३ तथा डेनमार्क र ट्युनिसियाकाे समान १ अंक छ ।
यस्तै समूह सी मा आज अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ । पोल्याण्ड ४ अंकसहित तालिकाको शीर्षस्थानमा छ । अर्जेन्टिना र साउदी अरेबियाकाे समान ३ अंक छ। मेक्सिकाेकाे १ अंक ५ ।
पोल्याण्डविरुद्ध उत्रँदा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ। यो खेल जिते अर्जेन्टिनाको समूह विजेता बन्ने सम्भावना छ । बराबरीले अघिल्लाे चरण पुग्ने झिनाे सम्भावना रहँदा हारले अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ ।
पोल्याण्डलाई भने बराबरीकाे नतिजा नै अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ। बराबरी खेलेकाे अवस्थामा अर्काे खेलमा साउदी विजयी भए पोल्याण्ड उपविजेता बन्नेछ । हारले पनि झिनाे आशा रहँदा मेक्सिकाेले साउदीलाई कम अन्तरमा तथा आँफु पनि कम अन्तरमा हारेकाे हुनुपर्नेछ ।
अर्काे खेलमा साउदीले मेक्सिकाेलाई हराए अघिल्लाे चरणकाे यात्रा तय गर्नेछ । हार या बराबरीले टाेलीकाे अघिल्लाे चरणकाे यात्रा झिनाे बन्नेछ । मेक्सिकाेलाई पनि अघिल्लाे चरण पुग्न जित बाहेककाे विकल्प छैन ।
March 9, 2025
एजेन्सी – कल्लम हड्सन-ओडोईले खेलको अन्त्यतिर गोल गरेपछि नटिङ्घम फरेस्टको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। उनको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिगमा शनिवार फरेस्टले म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ। घरेलु मैदान सिटी ग्राउन्डमा ८३औं मिनेटमा हड्सन-ओडोईले गोल गर्नुअघि दुबै टोलीबीच खासै अन्तर देखिएको थिएन। तर, उनको शक्तिशाली प्रहारलाई सिटीका गोलकिपर एडर्सनले रोक्न सकेनन् […]
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]