default_image

2 years ago

November 30, 2022

विश्वकपमा अन्तिम १६ को दुई खेल तय

143 views

0 Bookmark

कतार (हाम्रो खेलकुद)- फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणमा दुई खेलको प्रतिद्वन्द्वी तय भएको छ ।

समूह ए र बी को खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पनि प्रष्ट बन्न थालेको हो । मंगलबार समूह ए मा नेदरल्यान्ड्स र सेनेगलले आ-आफ्नो खेलमा जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका थिए । त्यस्तै समूह बी बाट पनि इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा स्थान बनाउन सफल रहे ।

नेदरल्यान्ड्सले कतारलाई २-० ले हराउँदै समूह विजेता बन्यो । डच टोली ३ खेलमा ७ अंक जोड्दै अपराजित रह्यो । त्यस्तै सेनेगलले इक्वेडरमाथि २-१ को जित हासिल गर्दै उपविजेता बन्यो । सेनेगल ६ अंकका साथ अघि बढ्दा इक्वेडर ४ अंक जोड्दै तेस्रो र कतार विना अंक पुछारमा रह्यो ।

समूह बी मा इंग्ल्यान्ड ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । ‌‌‌‌‌‌अन्तिम खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० ले हरायो ‌। अमेरिका इरानलाई हराउँदै अपराजित रहेरै नकआउट चरणमा पुग्यो । ३ खेलमा अमेरिकाले ५ अंक जोड्दा इरान ३ अंक र वेल्स १ अंकमा सिमित रहे ।

अब अन्तिम १६ चरणमा नेदरल्यान्ड्सले अमेरिकाको सामना गर्नेछ । त्यस्तै इंग्ल्यान्डले क्वाटरफाइनल पुग्न सेनेगललाई हराउनु पर्नेछ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.