default_image

2 years ago

November 30, 2022

इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा

130 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार अहमद बिन अली रंगशालामा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक जोड्न सफल रह्यो ।

इंग्ल्यान्डका लागि वेल्सविरुद्ध मार्कस रासफर्डले २ र फिल फोडेनले १ गोेल गरे । दुवै खेलाडी यसै खेलमा सुरुवाती रोजाइमा अटाएका थिए । पहिलो हाफमा गोल निस्कन नसकेपनि इंग्ल्यान्डले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै खेलमा पकड बनाएको थियो ।

खेलको ५० अ‍ौं मिनेटमा रासफर्डले फ्रिकिकमा सिधै गोल गरेका थिए । उनले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलरक्षक ड्यानी वार्डले बचाउन सकेनन् । अघिल्लो खेलमा पहिलो रोजाइका वायन हेनेसीले रातो कार्ड खाएपछि वार्डले खेल सुरुवात गरेका थिए ।

सुरुवाती अग्रता लिएको दुई मिनेटपछि नै इंग्ल्यान्डले दोस्रो गोल थप्यो । ह्यारी केनले दायाँ विंगबाट दिएको लो क्रसमा अनमार्क रहेका फिल फोडेनले फार पोस्टबाट गोल गर्दै स्कोर २-० बनाए ।

६८ अ‍ौं मिनेटमा राफर्डले व्यक्तिगत दोस्रो गोल गरे । काल्भिन फिलिप्सको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै उनले गोल गरे । दुई डिफेन्डरको बीचबाट उनले गरेको प्रहार गोलरक्षक वार्डलाई लाग्दै गोल भएको थियो ।

समूहको अर्को खेलमा अमेरिकाले इरानलाई १-० ले हराउँदै नकआउट चरणमा प्रवेश गर्यो । अपराजित इंग्ल्यान्ड ३ खेलमा २ जित र १ बराबरीका साथ ७ अंक तथा अमेरिका ५ अंकसहित दोस्रो भएर नकआउट चरणमा पुगे । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्स समूह चरणबाटै बाहिरिए ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.