default_image

2 years ago

November 30, 2022

अमेरिका विश्वकपको नकआउट चरणमा पुग्यो

130 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

अल थुमामा रंगशालामा मंगलबार इरानलाई १-० ले हराउँदै अमेरिका समूह उपविजेता बन्न सफल भयो । खेल बराबरी गरे अघि बढ्न पर्याप्त हुने इरान भने समूह चरणबाटै बाहिरिएको छ । अमेरिकाको जितका क्रिस्टियन पुलिसिचको गोल निर्णायक सावित भयो ।

आठौं मिनेटमा अमेरिकी मिडफिल्डर युनुस मुसाहले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । दशौं मिनेटमा मुसाहकै पासमा क्रिस्टियन पुलिसिचको हेडर इरानी गोलरक्षक अलिरेजा वेरनवान्दको हातमा पुग्यो ।

२६ अ‍ौं मिनेटमा अमेरिकाका टिम वेहले अनमार्क रहेको अवस्थामा गरेको हेडर फितलो रह्यो । ३३ अ‍ौं मिनेटमा जश सार्जेन्टको पासमा वेहको शक्तिशाली प्रहार पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।

३९ अ‍ौं मिनेटमा अमेरिकाले सुन्दर टिम गोल गर्दै अग्रता बनायो । वेस्टन मक्केनीले पेनाल्टी क्षेत्रको दायाँ भागमा दिएको लामो पासलाई सर्जिनो डेस्टले हेडरमार्फत ६ यार्ड बक्सतर्फ पठाए । क्रिस्टियन पुलिसिचले पहिलो टचमा हावामा रहेको बललाई पोस्टको दिशा दिए । गोल गर्ने क्रममा इरानी डिफेन्डरसँग जुधेर भुइँमा लडेका उनी चोट बोकेपनि केहि मिनेटमै मैदानमा फर्किए ।

४५ अ‍ौं मिनेटमा जश सार्जेन्ट र‌ वेहले वन-टु पास खेल्दै सुन्दर अवसर सिर्जना गरेपनि वेहले अन्तिम पासमा डिफेन्डर पार गर्न सकेनन् ।

दोस्रो हाफमा अमेरिकाले घाइते पुलिसिचको स्थानमा मिडफिल्डर ब्रेन्डन आरन्सन पठाएपछि पहिलो हाफजस्तो आक्रमण गर्न सकेन ‌। यता इरानले पनि खेल बराबरी गर्ने अवसरको सदुपयोग गर्न सकेन ।

६४ अ‍ौं मिनेटमा सामान घोडोसले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो । ७१ अ‍ौं मिनेटमा साइद एजातल्लोहिको प्रहारमा गोलरक्षक म्याट टर्नर बिट भएपनि पोस्टतर्फ जान सकेन ।

समूह बी कै अर्को खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० ले पराजित गर्यो ‌‌। यस नतिजासँगै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्यो । अपराजित इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीका साथ ७ अंक जोड्यो । अमेरिका ५ अंकसहित दोस्रो भएर नकआउट चरणमा पुग्यो । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्स समूह चरणबाटै बाहिरिए ।

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

Success

Thank you for your time.