default_image

2 years ago

November 29, 2022

ब्रुनोलाई प्लेयर अफ द म्याच अवार्ड

320 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका लागि उरुग्वे विरुद्ध जितमा दुई गोल गरेका मिडफिल्डर ब्रुनो फर्नान्डेस प्लेयर अफ द म्याच चुनिएका छन् ‌।

पोर्चुगल २-० ले विजयी हुँदा ब्रुनोले उच्च प्रदर्शन गरेका थिए । उनी ह्याट्रिक नजिक पुगेपनि पोस्ट बाधक बनेको थियो । पहिलो खेलमा पनि निर्णायक प्रदर्शन गरेका उनी दोस्रो खेलमा भने प्लेयर अफ द म्याच चुनिए ।

दोस्रो हाफको ५४ अ‍ौं मिनेटमा ब्रुनोको गोलमा पोर्चुगलले अग्रता लिएको थियो ‌‌। ब्रुनोले पेनाल्टी क्षेत्र बाहिरबाट रोनाल्डोतर्फ दिएको लामो पास गोलमा परिणत भएको थियो ‌‌। रोनाल्डो हेडरका लागि उफ्रेको अवस्थामा गोलरक्षक सर्जियो रोसेटले बलको दिशा बुझ्न नसक्दा गोल सम्भव भएको थियो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा पोर्चुगलका लागि ब्रुनोले पेनाल्टीमा दोस्रो गोल गरे । भिडियो एसिसेन्ट रेफ्रीले उरुग्वेको बक्सभित्र ह्यान्ड भएको निर्णय लिएपछि प्राप्त पेनाल्टीमा ब्रुनो गोल गर्न सफल भए ।

इन्ज्युरी समयको अन्त्यतिर ब्रुनोको ह्याट्रिक प्रयासमा गोलरक्षक र पोस्ट बाधक बने । उनको पहिलो प्रहार गोलरक्षक रोसेटले विफल पारे । लगत्तै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

यस नतिजासँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ ‌। लगातार दोस्रो जितसँगै ६ अंक जोडेको पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ । घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ । अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेको सामना गर्नेछ ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.