2 years ago
November 28, 2022
एजेन्सी – एसियाली मुलुक कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘एच’ को खेलमा दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल बेलुकी ६ः४५ बजेपछि एजुकेशन सिटी रंगशालामा हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेजस्तो बलियो टोलीलाई गोलरहित बराबरीमा रोक्दा घाना पोर्चुगलसँग ३–२ ले पराजित भएको थियो ।
समूह चरण पार गर्ने सम्भावना जीवित राख्न दुवै टोलीको जितको खाँचो छ । यस विश्वकपमा एसियाली राष्ट्रले सनसनीपूर्ण नतिजा आत्मसात गरिरहेको अवस्थामा दक्षिण कोरिया पनि घानालाई हराउँदै अंक जोड्ने लक्ष्यमा हुनेछ । उरुग्वेसँग बराबरीमा रोकिनुका बावजुत दक्षिण कोरियाले राम्रो खेल पस्केको थियो ।
सन् १९८६ देखि लगातार १०औं पटक तथा समग्रमा ११औं पटक विश्वकप खेलिरहेको कोरियाको सबैभन्दा ठुलो उपलब्धि २००२ मा सेमिफाइनलमा पुग्ने हो । त्यसयताको पछिल्लो दुई संस्करणमा कोरियाले समूह चरण पार गर्न सकेको छैन ।
ह्युङ मिन सनको कप्तानीमा मैदान उत्रने दक्षिण कोरियासँग किम स्युङ–ग्यु, किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल, जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, ना साङ हो, सङ मिन क्यु, ह्वाङ ही चान, ह्वाङ यी जो र चो ग्वी सुङको साथ रहेको छ ।
यता, पोर्चुगलसँग पराजित भएपनि सानदार खेल पस्किएको घाना एसियाली प्रतिद्धन्द्धीलाई पाखा लगाउँदै समूहमा पहिलो जित निकाल्ने योजनामा हुनेछ ।
चौथोपटक विश्वकप खेलिरहेको घाना अघिल्लो संस्करणमा छनोट हुन सकेको थिएन । २०१० मा क्वाटरफाइनल पुग्ने नै घानाको विश्वकपमा सबैभन्दा राम्रो नतिजा हो ।
टोलीसँग लवरेन्स एटी जिगी, डानिएल अमार्टे, अलेजान्डर जिकु, मोहम्मेद सालिसु, तारिक लाम्प्टे, थोमस पार्टे, मोहम्मद कुडुस, डानिएल कोफी केरेह, एलिशा ओवुसु, डानिएल अफ्रियी, सालिस सामेद, आन्द्रे आयु, जोर्डन आयु, कमलदिन सुलेमाना, ओस्मान बुकारी र इनाकी विलियम्स रहेका छन् ।
यि दुई टोली हालसम्म दुईपटक भेट हुँद दुवै टोलीले समान एक जित निकालेको छ । २०११ मा भएको मैत्रीपूर्णमा कोरियाले २–१ को जित निकालेको थियो । त्यसपछि सन् २०१४ मा भएको मैत्रीपूर्णमा घानाले ४–० आरामदायी जित निकालेको थियो । त्यसयता यि दुई टोली पहिलो पटक खेल्न लागेको हो ।
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]