default_image

2 years ago

November 27, 2022

साउदी सफलतामा नेपाली फिजियोको साथ

340 views

0 Bookmark

सुबास हुमागाईं, कतार

अर्जेन्टिनाविरुद्ध समूह चरणको पहिलो खेलमा साउदी अरेबियाले सनसनीपूर्ण जित निकाल्यो । मेस्सीको गोलमा अग्रता लिएको अर्जेन्टिनाविरुद्ध साउदीका सालेह अल शेहरीले बराबरी गोल फर्काएका थिए । अर्जेन्टिनाविरुद्ध गोल गरेका अल शेहरी विश्वकप यात्रामा नेपालको नाम पनि जोडिन्छ ।

विश्वकपको केहि महिनाअघि घाइते भएका उनको रिह्याबिलिटेसनमा नेपाली फिजियोको सहभागिता थियो । अल शेहरी आफैंले पनि चोट लागेसँगै विश्वकप खेल्ने आशा मारिसकेका थिए । तर उनी विश्वकपमा खेलेनन् मात्र, प्रतियोगिताको सबैभन्दा ठूलो नतिजामा महत्त्वपूर्ण भूमिका पनि निर्वाह गरे ।

कतारस्थित खेलकुद उपचारका लागि विश्व प्रसिद्ध अस्पेटारमा उपचार गराउँदा उक्त टोलीमा नेपाली राष्ट्रिय फुटबल टोलीका दुई फिजियो पनि उनको टोलीमा थिए । पुरुष टोलीका फिजियो आविष्कार पुडासैनी र महिला टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यले जर्मनी र आइसल्यान्डका फिजियोसँग अल शेहरीको रिह्याबमा काम गरेका थिए ।

विश्वकप अन्तर्गत पहिलो खेलमा अर्जेन्टिनाविरुद्ध जितपछि साउदीको चर्चा सबैतिर थियो । दोस्रो खेलमा पोल्यान्डविरुद्ध सकारात्मक नतिजा निकाल्न सके टोलीको नकआउट चरणको यात्रा पक्का हुने थियो । तर टोली रोबर्ट लेवान्डोस्कीको उच्च प्रदर्शनमा २-० ले पराजित हुन पुग्यो ।

हारपछि टिम बसमा फर्कने क्रममा टोलीका खेलाडी निराश हुँदै फर्किरहेका थिए । अल शेहरीले सुरुवातमा कसैसँग बोल्न मानेनन् । उनी अघि बढिरहँदा उनको चोट र पुनरागमनबारे प्रश्न गर्न चाहेको भनेपछि उनी अडिए । आफू नेपालबाट आएको र नेपाली फिजियो पनि उनको उपचारमा सहभागी भएको भनेपछि उनले मुस्कुराए । त्यसपछि भने उनले प्रश्न सोध्न भने ।

विश्वकप सुरु हुनुभन्दा केहि महिनाअघि चोट लाग्नु र पुनरागमनमा नेपाली फिजियोको भूमिका कस्तो थियो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मैले कडा मिहिनेत गरेको थिएँ, त्यसैले विश्वकपमा खेल्न सकें । यो प्रतियोगितामा गोल गरेपछि मिहिनेतको फल प्राप्त भएको महसुस गरेको छु । हामीले आज हार बेहोरेपनि अघि बढ्न सक्छौं भन्ने लाग्छ,’ उनले भने ।

अप्रिल ९, २०२२ मा एसियन च्याम्पियन्स लिगमा अल हिलालका लागि खेल्दा अल शेहरीले चोट बोक्न पुगेका थिए । सारजाहविरुद्ध खेलको छैटौं मिनेटमा नै उनले टोलीलाई अग्रता दिलाएका थिए । तर २९ औं मिनेटमा बल खोस्न जाने क्रम उनको बायाँ खुट्टाको एकिलिस टेन्डन रप्चर (कुर्कुच्चाको माथिल्लो भागमा गम्भीर चोट) हुन पुग्यो । शेहरी चोट लाग्नेबितिक्कै आफ्नो विश्वकप खेल्ने सम्भावना सकिएको महसुस भएको बताउँछन् ।

‘जब म चोट लागेर लडें, मेरो पहिलो सोच विश्वकप गुम्यो भन्ने थियो । मलाई लागेको थिएन म विश्वकप खेल्न सक्ने हुन्छु भनेर । तर म निरन्तर मिहिनेतले आज यहाँ छु,’ शेहरीले पोल्यान्डविरुद्ध दोस्रो खेलपछि हाम्रो खेलकुदसँग भने ।

‘फिजियोमा जान थालेपछि मेरो स्थितिमा सुधार आयो । त्यसपछि भने विश्वकपका लागि तयार हुन सकिन्छ भन्ने आत्मविश्वास पनि जाग्यो ।’

शेहरीले फिजियोको मिहिनेतका लागि धन्यवाद दिए । ‘मेरो लागि फिजियोले निकै मिहिनेत गर्नुभएको छ । नेपालबाट मात्र होइन, अन्य देशबाट पनि हुनुहुन्थ्यो । सबैको उत्तिकै मिहिनेत छ । नेपालबाट आएका (आविष्कार) मेरा साथी पनि हुन् । मलाई साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

नेपाली राष्ट्रिय फुटबल टोलीका फिजियो आविष्कार पनि अर्जेन्टिना र साउदी अरेबियाको खेलमा अल शेहरीकै जर्सी लगाएर खेल हेरिरहेका थिए । अल शेहरीको गोलपछि उनले सामाजिक संजालमा उनकै जर्सीमा खुसियाली मनाएको भिडियो पनि हालेका थिए ।

पुडासैनी आफ्नो मिहिनेतले विश्व फुटबलको महाकुम्भमा कुनै खेलाडी देख्दा निकै खुसी लागेको बताउँछन् । ‘विश्वकप खेल्ने जुनसुकै खेलाडीको रहर हुन्छ । हामी फिजियोका लागि आफूले उपचार गरेका खेलाडी खेल्नु भनेको आफैं खेले बराबर हो । शेहरीले विश्वकप टोलीमा स्थान बनाउँदा आफ्नो जित भएको ठानेको थिएँ, उनले अर्जेन्टिनाविरुद्ध नै गोल गर्दा त खुसीको सिमा नै रहेन,’ पुडासैनीले खुसी साटे ।

अस्पेटारमा सन् २०२२ मे र जुन महिनामा इन्टर्नसिप गरेका पुडासैनी र वैद्यलाई विभिन्न पक्षमा सिक्ने मौका मिलेको थियो । यसक्रममा अल शेहरीसँगै दर्जनौं खेलाडीसँग काम गर्ने अवसर प्राप्त भयो । इन्टर्नसिपकै क्रममा शेहरी, साउदीकै अलमाल्की लगायत खेलाडीको रिह्याब हेरेका दुवै पछिल्लो ४ वर्षदेखि एन्फामा कार्यरत छन् । विश्वकै प्रसिद्ध अस्पेटारमा काम गर्दा निकै राम्रो अनुभव मिलेको वैद्य बताउँछिन् ।

‘हामीले झन्डै दुई महिना अस्पेटारमा इन्टर्नसिप गर्दा धेरै सिक्न पायौं । फुटबलकै विशेषज्ञ फिजियो र डाक्टरसँग पढ्न पायौं र चोट लागेका खेलाडीसँग काम पनि गर्यौं । अन्तर्राष्ट्रिय स्तरमा चोट लागेदेखि रिह्याबसम्म के कसरी काम गरिन्छ भन्ने सम्पूर्ण प्रक्रिया बुझ्न पायौं र सँगै काम पनि गर्यौं,’ उनले भनिन् ।

नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको सुविधा दिन सकिने उनी बताउँछिन् । ‘हामीले कतारमा रहँदा विश्वकप नै खेल्ने खेलाडीसँग पनि काम गर्यौं । यहाँ आएर पनि नेपाली खेलाडीमा त्यो उपचार गरेका छौं । रिह्याबका लागि चाहिने उपकरण अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध हुनेजस्तो पर्याप्त छैन, तरपनि हामीले सक्दो प्रयास गरेका छौं,’ उनले सुनाइन् ।

नेपालमा पनि पछिल्लो समय फुटबलको फिजियोथेरापी क्षेत्रमा खेलाडीहरुले ध्यान पुर्याउन थालेका छन् । उपलब्ध जनशक्ति राम्रो हुनुले पनि खेलाडीको चोटबाट फर्कने मात्र होइन चोट लाग्ने सम्भावना पनि कम हुन्छ । राष्ट्रिय टोलीका फिजियोद्वयले विश्वकप खेल्ने खेलाडीको उपचार गर्दै उच्च स्तरमा आफूलाई प्रमाणित गर्नु उदाहरण मात्र हो । एन्फाले फिजियो र स्वास्थ्य क्षेत्रमा राम्रो ध्यान दिने हो भने, नेपालमै पनि चोटको समस्या कम हुँदै जानेछ ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.