2 years ago
November 27, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (आइतबार) समुह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई खेलहरु हुनेछ ।
दिनको पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टा रिकाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अहमेद विन अली स्टेडियममा हुनेछ ।
जापान र कोस्टा रिका मैदानमा उत्रदा दुवै टोलीकोलक्ष्य स्पष्ट जितकै हुनेछ । जापानले आफ्नो पहिलो खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दा कोस्टा रिका स्पेनसँग ७–० ले पराजित भएको थियो ।
यस्तो अवस्थामा जापान उच्च मनोवलका साथ मैदान उत्रदा कोस्टा रिका फराकिलो हारको पीडा भुल्ने प्रयासमा हुनेछ । सातौपटक विश्वकप खेलिरहेको जापान लगातार दोस्रो पटक नकआउट चरण पुग्ने योजनामा हुनेछ । यसअघि जापानले २०१८ मा समूह चरण पार गरेको थियो ।
जापान पहिलो पटक विश्वकपमा लगातार दुई जित निकाल्ने लक्षमा हुनेछ । जापानले विश्वकपका पछिल्ला पाँच खेलमध्ये चार खेलमा दुई गोल गरेको छ ।
यता कोस्टा रिका पहिलो जितको खोजीमा हुनेछ । कोस्टा रिका पहिलो खेलमा स्पेनसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । कोस्टा रिका उक्त हारलाई बिर्सदै जित निकाल्ने योजनामा मैदान उत्रनेछ ।
सन् २००२ मा समूह चरणमा चीनलाई २–० ले हराएर कोस्टा रिकाले त्यसपछि विश्वकपमा पहिलोपटक एसियाली टोलीसँग खेल्न लागेको हो ।
स्पेनविरुद्ध जेविसन बेनेट (१८ वर्ष १६१ दिन) फिफा विश्वकपमा उपस्थिति हुने कोस्टा रिकाको सबैभन्दा कान्छो खेलाडी बने । जबकि ब्रायन रुइज (३७ वर्ष ९७ दिन) सोही खेलमा सबैभन्दा पाका खेलाडी बनेका छन्।
यि दुई टोली हालसम्म चारपटक भेट हुँदा जापान अपराजित छ । जापानले ३ खेलमा जित र एक बराबरीको नतिजा निकालेको छ । पछिल्लो पटक २०१८ मा भएको मैत्रीपूर्ण खेलमा जापानले कोस्टा रिकालाई ३–० ले पराजित गरेको थियो ।
जापानले विश्वकपमा २२ खेल खेल्दा ६ जित, ५ बराबरी र ११ हारको नतिजा निकालेको छ । यता, कोस्टा रिकाले १९ खेल खेल्दा ५ जित, ५ बराबरी र ९ हारको नतिजा निकालेको छ ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]